१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री

फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गरे। संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको उनको भनाइ छ।

उनले भने, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ। सिआईबीले नै यसलाई टुंगोमा पु¥याउनेछ।’

प्रकाशित: ३ भाद्र २०८० १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App