१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करीकाे आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

फाइल तस्बीर

प्रहरीले ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।  

पक्राउ पर्नेहरुको परिचय प्रहरीले दिन चाहेको छैन। उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। 

गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ। सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

प्रकाशित: १ भाद्र २०८० ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App