१७ असार २०८१ सोमबार
image/svg+xml

भेपमा सुन तस्करी : माओवादी संलग्नता देखाउने नै दोषी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई-सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा सघाउनेलाई नै सुन तस्करी चाँचबुझ आयोगले कारबाही सिफारिस गरेको छ।

२९ जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको ६०.७१६ किलो सुन तस्करी प्रकरणमा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलियाका रूपमा प्रयोग भएको पाइएको छ।

यी हुन् सुन तस्करीमा संलग्न ७ कम्पनीका ७ सञ्चालक

सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।

६० किलो सुन तस्करीमा विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ।

सुन तस्करीकाे आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।

सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ।

ओलीको प्रश्न-सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ वा छैन, छैन भने कस्को छ?

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गरेका हुन्। उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने जिकिर गरे।

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी हुन्: वामदेव गौतम

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन्।

'सुन तस्करीमा नारायणकाजीको नाम आइसकेको छ, राजीनामा माग्न जाऔं'- कांग्रेस नेता जितजंग बस्नेत

उनले तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महरा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत नाम आएको उल्लेख गरे।

सुन तस्करीमा राजनीतिको जलप

नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्