१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

यी हुन् सुन तस्करीमा संलग्न ७ कम्पनीका ७ सञ्चालक

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुधवार आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला अदालत काठमाडौँमा बुझाउँदै छ।  

सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।  

यसैगरी रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन्।  

यी कम्पनीहरू मार्फत सुन तस्करी भएको सीआइबी प्रतिवेदनमा जनाइएको छ। सिआइबीले हालसम्म नेपाली तथा विदेशी नागरिक गरी ३२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको पनि जनाएको छ ।  

सिआईबी प्रतिवेदन अनुसार ८ जना त्रिभुवन भन्सार कार्यालयका कर्मचारीहरू, ४ जना भन्सार एजेन्ट, ३ जना कार्गो एजेन्ट, ट्याक्सी चालक १ जना, भाषा अनुवादक÷कोटा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गर्ने÷माल वस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।छ  

प्रकाशित: २७ भाद्र २०८० ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App