१९ असार २०८१ बुधबार
image/svg+xml

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।

अझै रोकिएन सुन तस्करी

२०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो।तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।

सुन जाँचबुझ आयोगको क्षेत्राधिकारमा विवाद, आयोग गठनमा विलम्ब

आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो।

सरकारले तयार पारेको सुन जाँचबुझ आयोग कार्यादेश मस्यौदामा एमाले असहमति

सुन तस्करी सम्बन्धमा छानबिनका लागि सरकारले तयार पारेको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेश मस्यौदामा एमालेले भने असहमति जनाएको छ।

उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेश मस्यौदामाथि छलफल गर्दै दलहरु

आइतबार दिउँसो गृह मन्त्रालयमा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेश मस्यौदामाथि छलफल भइरहेकोएमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

सुन प्रकरणमा आयोग गठनबारे छलफल गर्न सरकारले बोलायो बैठक

बर्तौलाले नागरिक न्यूजसंग भने, 'गृहमन्त्रीले बैठक बोलाउनु भएको हो। म गृह मन्त्रलायमा छु। अब एकैछिनमा बैठक सुरु हुन्छ।'

२९ जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको ६०.७१६ किलो सुन तस्करी प्रकरणमा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलियाका रूपमा प्रयोग भएको पाइएको छ।

प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन्।

सुन तस्करीको उद्गमस्थल ‘हङकङ’ नै हो: सिआइबी

सुन तस्करीको अनुसन्धान गरेर बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीको उद्गमस्थल ‘हङकङ’नै भएको ठहर गरेको छ।

सुन तस्करीको अनुसन्धान माओवादी नेता र कार्यकर्ताको वरपर घुम्यो मात्र

तर जब प्रतिवेदन तयार गरियो त्यसमा सुरुमा भनिए जस्तो कुनै ठुलो तस्करको नाम आएन। माओवादीका नेता र कार्यकर्ताको नाम पनि कतै देखिएन।

यी सात कसुरमा मुद्धा चलाउन सीआइबीले दियाे राय

प्रतिवेदनमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ।

यी हुन् सुन तस्करीमा संलग्न ७ कम्पनीका ७ सञ्चालक

सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।

६१ किलो सुन तस्करी प्रकरणः ३ अर्ब ५० करोड बढीको विगो दाबी

हङकङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ।

यस्ता छन् सीआईबीले पक्राउ गरेका ३२ जना प्रतिवादी

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधवार आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला अदालत काठमाडौँमा बुझाउँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्