१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

६१ किलो सुन तस्करी प्रकरणः ३ अर्ब ५० करोड बढीको विगो दाबी

हङकङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ।

सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्ससँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रूपैयाँ बिगो असुल उपर गर्नुपर्ने निष्कर्ष निकालेको छ।  

सीआइबीको अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सले ब्रेक शुमा ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ। सो प्रकरणमा सीआईबीले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको छ।

प्रकाशित: २७ भाद्र २०८० ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App