७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सुन प्रकरणमा आयोग गठनबारे छलफल गर्न सरकारले बोलायो बैठक

सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ।

बैठक गृह मन्त्रलायमा बोलाएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए।

बर्तौलाले नागरिक न्यूजसंग भने, 'गृहमन्त्रीले बैठक बोलाउनु भएको हो। म गृह मन्त्रलायमा छु। अब एकैछिनमा बैठक सुरु हुन्छ।'

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो। उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए।

प्रकाशित: ५ आश्विन २०८० ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App