२६ पुस २०८१ शुक्रबार
image/svg+xml

मोबाइलमा कुरा गर्ने सपना साकार हुँदै

उपल्लो डोल्पास्थित भोटक्षेत्रका स्थानीयको मोबाइलमा कुरा गर्ने सपना साकार हुने भएको छ। उत्तरी सिमा क्षेत्रमा पर्ने उपल्लो डोल्पाका दुई स्थानमा जी.एस.एम मोबाइल टावर बन्न थालेपछि उनीहरूको मोबाइलमा कुरा गर्ने सपना साकार हुन लागेको हो।

ओली इच्छामा साढे दुई अर्बको भ्यु टावर बन्दै

सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो।

भ्युटावर समृद्धि

‘पर्यटकीय क्षेत्रमा विशेषखालको दृश्यावलोकन गराउने प्रयोजनले बाहेक स्थानीय निकायबीच जथाभावी ‘भ्यु (दृश्यावलोकन)टावर’ बनाउने होडबाजी चल्नु यो गरिब देशको दुर्लभ साधन,समय र धनको अपव्यय हो, गलत प्राथमिकता हो।निर्माण गर्दा मिल्ने कमिसन वा कसैको सनक तुष्टिकालागि गरिने यस्ता काम रोक्न सबैले दबाब दिउँ’– कात्तिक १९ गते मैले गरेको ट्विटको जवाफमापर्यटन मन्त्री रवीन्द्र अधिकारीले यस्तोट्विट गर्नुभएको थियो– ‘हामीले पहाडको टाकुरामा भ्यु टावर बनाउन कुनै पनि बजेट विनियोजन गरेका छैनौँ ।

फोन गर्न रुख र डाँडा चढन बाध्य जुनीचाँदेका जनता

जुनीचाँदे ४ लुहादहका केशबबहादुर खड्कालाई कसैले फोन गर्यो कि चिन्ताले सताउन थाल्छ। आफूले फोन गर्नुपर्यो या कसैको फोन आयो भने उनी कि रुखमा चढ्नु पर्ने कि अग्लो डाँडा खोज्दै हिड्नु पर्ने भएपछि उनलाई फोन आउँदा चिन्ता लाग्ने गरेको हो।

‘स्काईवाक टावर’ ३ वर्षभित्र सञ्चालनमा आउने

नेपालमा बन्न लागेको दक्षिण एसियाकै पहिलो ‘स्काईवाक टावर’ आगामी ३ वर्षमा सञ्चालनमा आउने भएको छ। वन्डर्स नेपाल प्रालिले बुधवार ‘स्काईवाक टावर’को स्केच भिडियो सार्वजनिक गरी ३ वर्षभित्र सञ्चालनमा ल्याउने जानकारी दिएको हो।

लगानी भित्र्याउन दुई कम्पनीसँग साझेदारी

सम्झौताअनुसार राजधानीको रत्नपार्कस्थित पुरानो बसपार्कमा यतिबेला ‘काठमाडौं भ्यू टावर’को अग्लो भवन ठडिसकेको हुनुपर्ने हो।

केएल टावरमा शनिबारदेखि मोबाइल मेला

चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने भएको छ।

जगमै अड्कियो काठमाडौं भ्यू टावर

सम्झौता अनुसार काम गरेको भए राजधानीको रत्नपार्कस्थित पुरानो बसपार्कमा यतीबेला अग्लो भवन सम्पन्नको अन्तिम चरणमा देखिन्थ्यो ।

ट्रम्प टावरमा आगलागी, एकको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  व्यापारिक भवन ट्रम्प टावरको ५० औँ तलामा आगलागी भएको छ। आगो नियन्त्रण गर्ने क्रममा  एक अग्नि नियन्त्रकको मृत्यु भएको छ भने चार जना घाइते भएको न्युयोर्कका बारुण नियन्त्रण बिभागका प्रमुख डेनियल निग्रोले  बताएका छन्।

भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ।

एनसेल टावरमा आगजनी : दुई पक्राउ

बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन्।

इआएबिनै भ्युटावर बनाउँदै महानगर

वातावरण संरक्षण ऐन– २०५३ को दफा १८ (१) मा इआए स्वीकृत नगरी काम गरेमा कार्य बन्द गर्दै एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

के एल टावरमा मोबाइल एक्सचेन्ज अफर

केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को सित्तैमा वितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेन्ज अफर सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्