२६ पुस २०८१ शुक्रबार
image/svg+xml

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

पूर्वको रमणीय डाँडा टेम्के आफैंमा विशाल टावर हो । त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले त्यो बीचमै रोकिएको छ।

एनसेल टावरमा बम प्रहार

जनयुद्ध दिवसको पुर्व सन्ध्यामा माडि गाउँपालिकाको कोर्चावाङमा रहेको एनसेल टावरमा बम प्रहार भएको छ। बम प्रहारबाट टावर संचालनका लागि ब्याट्री लगायतका सामग्री राखिएको स्थान ध्वस्त भएको छ।

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

पूर्वको रमणिय डाँडा टेम्के आफैंमा विशाल टावर हो। त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले टावर निर्माण अभियान बीचमै अलपत्र परेको छ ।

भ्युटावरबारे बोल्दैनन् मेयर शाक्य

राजधानीको रत्नपार्कस्थित पुरानो बसपार्क रहेको स्थलमा अहिले बालुवा, गिटीलगायत निर्माण औजारको थुप्रो छ। कामदार धमाधम काम गरिरहेका छन् । यहाँ काठमाडौं महानगरपालिकाले बाह्रतले सुविधासम्पन्न ‘काठमाडौं भ्युटावर’ निर्माण थालेको हो । करिब सात अर्ब रुपैयाँ लगानीमा २४ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको टावरबारे बुझ्न खोज्दा महानगरका मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘कृपया, मलाई योबारे केही नसोध्नुस्।’

ट्रम्प टावरमा आगलागी, दुई जना घाइते

अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नी नियन्त्रण विभागले जनाएको छ। आगो निभाउने क्रममा दुई जना सामान्य घाइते भएका विभागले बताएको छ।

गुणस्तरको ‘क्यालिब्रेसन टावर’

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको मापन गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले ‘क्यालिब्रेसन टावर’ सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगमका डिपोभित्र क्यालिब्रेसन गर्दै आएको विभागले पहिलोपटक आफ्नै स्वामीत्वमा हेटौंडामा ‘क्यालिब्रेसन टावर’ निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

हात्तीले टावर ढालेपछि तीन दिनदेखि लोडसेडिङ

पश्चिमका १८ जिल्लासम्म राष्ट्रिय विद्युत प्रसारण जोड्ने बाँकेको समशेरगन्जमा विद्युत प्रसारण टावर जंगली हात्तीले ढलाएपछि तीन दिनदेखि विद्युत अनियमित भएको छ ।

हात्तीले टावर भाँचेपछि लोडसेडिङ

हात्तीले बिजुली प्रसारण टावर भाँचीदिएपछि पश्चिम नेपालका केही क्षेत्रहरुमा लोड सेडिङ भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरबाट प्रवाह हुने ठाँउमा पिक आवरमा लोडसेडिङ गरिएको प्राधिकरणले जनाएको छ ।

तीन महिनादेखि मोबाइलकाे टावर बन्द

विगत तीन महिनादेखि मोबाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आएपनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट बञ्चित हुनु परेको हो ।

७०० भन्दा बढी टावरबाट एनसेलको फोरजी

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सात सयभन्दा बढी टावर जडान गरी आधुनिक चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार एनसेलले गत जुन (असारको मध्य) सम्ममा ६ सय ९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।

लन्डनको ग्रेनफेल टावरमा आगलागी

लन्डनको पश्चिमी क्षेत्रमा पर्ने ग्रेनफेल टावरमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिनका लागि करिब २०० को संख्यामा अग्नी नियन्त्रक यन्त्रहरू परिचालन गरिएको छ। पश्चिम लन्डको ल्याटिमेर रोडस्थित टावर ब्लकमा आगलागी भएको हो।

दाना गाउँमा मोबाइल टावर सञ्चालन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आइतबारदेखि सेवा विस्तार गरेको छ ।

भ्युटावर रोक्न लेखा समितिलाई आग्रह

पुरानो बसपार्कमा काठमाडौं महानगरपालिकाले निर्माण थालेको बाह्रतले सुविधासम्पन्न काठमाडौं भ्युटावर निर्माण रोक्न स्थानीयले आग्रह गरेका छन्। स्थानीयले आफूहरुको भावना र कानुनलाई समेत बेवास्ता गर्दै जबर्जस्ती टावर निर्माण थालेको भन्दै महानगरलाई कारबाहीको माग गरी व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिलाई लिखित निवेदन दिएका हुन्।

वातावरण मूल्यांकन नगरी भ्यु टावर निर्माण

राजधानीको पुरानो बसपार्कमा वातावरण प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नगरी काठमाडौं भ्यु टावर निर्माण थालिएको छ। १० वर्गमिटरभन्दा बढी क्षेत्रमा ठूला भवन निर्माणपूर्व वातावरणमा पार्न सक्ने असरबारे इआइए प्रतिवेदन स्वीकृत गराउनुपर्छ। तर काठमाडौं महानगरपालिकाले कानुन र स्थानीय बासिन्दाको आवाज बेवास्ता गर्दै टावर निर्माण कार्य अगाडि बढाएको हो।

काठमाडौं भ्यू टावर निर्माण कार्य सुरु

सम्झौता भएको झण्डै एक वर्षपछि काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ। काठमाडौं महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्