वाइडबडीमा रवीन्द्र निर्दोषः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन्। हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रवीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजको बताए।