११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लोकतन्त्रमा नकारात्मक प्रवृत्ति प्रतिबिम्बित : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दा लोकतन्त्रसामु नकारात्मक प्रवृत्ति प्रतिबिम्बित हुन थालेको बताएका छन्। ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि भइरहेको आरोप लगाएका हुन्।

पश्चिम सेती निर्माण मेरै कार्यकालमा अघि बढ्छ  :ओली

२० वर्षभन्दा बढी समयदेखि चर्चामा रहेर सुरु हुन नसकेको पश्चिम सेती आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा बनाउन सुरु गर्ने घोषणा गरेका छन्। ७५० मेगावाटको यो आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज पछि हटेपछि कसले र कसरी निर्माण गर्ने टुंगो लागेको छैन।

देउवाको गृहजिल्लामा ओलीलाई कालोझण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको गृहजिल्लामा १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न आएका ओलीलाई नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार स्याउले बजारमा कालोझण्डा देखाएका थिए।

पानीजहाज केही दिनमै, रेल चाँडै सञ्चालनमा आउँछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत आयोजना आफ्नै पालमा फेरि काम सुरु हुने दाबी गरेका छन्। १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न मंगलबार डडेल्धुरा पुगेका प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माण कार्य आफ्नै कार्यकालमा शुरु हुने दाबी गरेका हुन।

प्रधानमन्त्री ओली सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार र बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउँदै छन्।

दशकाैं देखिकाे नेपाली जनताकाे चाहना पुरा हुने विन्दुमा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना अब पुरा हुने विन्दुमा पुगेको  बताएका छन ।

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सचिवालयले दिएकाे जानकारी अनुसार प्रदेश सभाकाे ८ गते विहान ९ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका हुन्।

सुन्ने कि शून्य ?

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुलुकका गन्यमान्य व्यक्तिहरूकहाँ घुसकाण्डको एउटा भिडियो चार महिनाअघि पुगे पनि कार्यान्वयनको साइत जुर्न सकेन। खर्दार–सुब्बाहरू थोकको भाउमा हरेक दिन केही हजार घुसको बल्छीमा पर्छन्। तर, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएकै व्यक्तिमाथि तत्काल कारबाही गर्न रोक्ने तत्व के हो ? प्रधानमन्त्रीले भन्ने गरेको ‘शून्य सहनशीलता’ यस्ता काण्डमा कारबाही नहुँदा ‘सुन्ने सहनशीलता’मा अनूदित हुने खतरा छ। समयमै त्यो काण्डबारे छानबिन भएको भए सरकारको एक वर्षे प्रगतिमा चार चाँद लाग्ने थियो।

विकासका पूर्वाधार पुर्‍याएर कर्णालीलाई सुगम बनाइनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडक स्तरोन्नति गरिने बताएका छन्। डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार पुर्‍याएर डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए।

उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग शनिबार बालुवाटरमा भएको भेटमा ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन्।

सरकारको एक वर्ष

दुई तिहाइ बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीको शक्तिशाली सरकारले पहिलो वर्ष पूरा गरेको छ।  जनआन्दोलन २०४६ लगत्तै भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले पाएको सुविधाजनक बहुमतको सरकार तीन वर्षमै मध्यावधि निर्वाचनमा गएपछि सुरु भएको मुलुकको अस्थिरता यात्राको विरामका रूपमा यसलाई हेरिएको छ।

गगनको प्रश्नः प्रधानमन्त्रीज्यू ऐना हेर्नु हुन्छ कि हुन्न ?

नेपाली कांग्रेसका युवा नेता गगन थापाले हप्तै विच्छे बाहिरिने अनेक भ्रष्टाचारको विषयमा सरकारको नाम जोडिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने वाक्य हास्यास्पद रहेको बताएका छन्।

‘प्रधानमन्त्रीको सम्बोधनमा भनेजस्तो छैन अर्थतन्त्र’

सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गरे। सम्बोधनले एक वर्षमा भएका प्रगतिलाई दस्तावेजीकरण मात्र गरेको छैन, घुमाउरो तरिकाले सरकारको बचाउसमेत समेत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्