१० मंसिर २०८१ सोमबार
image/svg+xml

यसरी आए सिके मूलधारको राजनीतिमा

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र र स्वतन्त्र मधेस गठबन्धनका डा. चन्द्रकान्त (सिके) राउतका दाजुबीच वार्ता सफल भएपछि शुक्रबार ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री ओलीसहित उनको सचिवालय टिम र सिकेका दाजु जयकान्त राउतबीच ‘स्वतन्त्र मधेस गठबन्धन’ मूलधारमा आउने÷ल्याउने कार्य’ अन्तर्गत पटकपटक भएका गोप्य वार्ताको परिणाम शुक्रबार काठमाडौंमा देखिएको हो। यसअघि सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी वार्ताटोलीसमक्ष राउतको ‘मूलधारमा आउने चाहना’ सम्बन्धी सन्देश पुगेको थियो। तर पछिल्लो तीन सातामा भएको वार्ताले मात्रै शुक्रबार औपचारिकता पाएको हो।

राजपालाई प्रधानमन्त्रीको प्रश्नः अदालतले फैसला गर्ने, चिथोर्ने सरकारलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला अदालतले बुधवार जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले विप्लवलाई भने, ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर, लुटेरा समूह राखे हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो भन्दै सरकारले गरेर छाड्ने चेतावनी दिए। ‘यो बाटो छोड्नुस। नत्र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। सरकारले गर्छ’, उनले भने।

प्रधानमन्त्रीको टिप्पणी : अध्यक्ष दाहालजस्तो असाधारण निर्णय क्षमता सीके राउतसँग छ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक इतिहासमा आजको दिन विशेष भएको बताएका छन्। उनले सीकेलाई पुष्पकमल दाहालसँग तुलना गरेका छन्। उनले शान्ति सम्झौता, सरकार, चुनावलगायत राजनीतिक यात्रामा सफल भएको भनी दाहालको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री ओली र सीके राउतको सम्बोधन एउटै मञ्चमा

प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउत एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन्। मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. राउतले पृथकतावादी आन्दोलन छोड्ने एजेण्डाको औपचारिक घोषणाका लागि राष्ट्रिय सभागृहमा आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग सम्बोधन गर्न लागेका हुन्।

सरकारप्रति दाहाल निराश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् ।

उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दिवगंत मन्त्री रवीन्द्र अधिकारीको एक बर्से कार्यकाल हेर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार दिउँसो महाराजगञ्जस्थित अस्पताल पुगेका थिए। डा. अरुणा सायमीको नेतृत्वको टोलीले चेकजाँच गरेपछि ओली राती डिस्चार्ज भएका हुन्।

महतोको प्रश्नः आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्ड, ओली र गिरिजालाई किन भएन?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्। जिल्ला अदालत कैलालीले राजपाका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि संसद भवनमा पत्रकारहरुसँग कुरा महतोले भने, ‘अब राष्ट्रिय विद्रोह हुन्छ यो मुलुकमा। थारु, जनजाति, पहाडका मधेसी सबै मिलेर विद्रोह गर्छन।’

सुखानीमा पहिलोपटक दाहाल र ओली

सुखानी हत्याकाण्ड भएको ४६ औ वर्षपछि मुलुकको ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सँगै सम्बोधन गरेका छन्। विगतमा एकिकृत माओवादी र नेकपा एमाले हुँदा बेग्लाबेग्लै सुखानी सहिद स्मृति दिवस मनाउदै आएका यी नेताहरू पहिलोपटक सुखानीमा एकसाथ देखिएका हुन्।

उपलब्धि कानुनमात्र विकास गति विगतजस्तै

राजनीतिक संक्रमण सकिएसँगै सत्तामा आएको दुईतिहाइको बलियो सरकारले जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न नसकेको देखिएको छ ।

राज्यकोषको दोहन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेलगत्तै विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रका रूपमा प्रचार गरे पनि व्यवहारमा भने त्यस्तो देखिँदैन। ओली नेतृत्वको सरकारको एक वर्षको अवधिमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुले पनि आर्थिक मितव्ययिता भाषणमा मात्रै सीमित हो भन्ने प्रस्ट्याएको छ।

अ (न)र्थतन्त्र !

सरकारले एक वर्षको कार्यकाललाई अत्यन्त सफल, भावी विकास कार्यको रेखा कोर्न सफल वर्ष र ‘विश्वका लागि चामत्कारिक’ रहेको दाबी गरेको छ। तर मुलुकका ठूला पाते पत्रिका, टेलिभिजन र सामाजिक सञ्जालले दुई तिहाइ सरकारको एक वर्षको कार्यकाल निराशाजनक रहेको चित्रण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र केपी ओली आ–आफ्ना मुलुकका छापामा उत्तिकै छाएका छन् कार्टुनका रूपमा। एउटा सरकार प्रमुखका लागि दैनिक कार्टुनमा देखिनु राम्रो होइन।

आर्थिक सहायता र विदेश भ्रमणमा २ अर्ब खर्च

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ।

ओली र दाहालले पार्टीको झण्डा ओढाएर भरतमोहनलाई दिए श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्