१० मंसिर २०८१ सोमबार
image/svg+xml

काम लगाएदेखि श्रमिकलाई सञ्चयकोष र उपदान

नाफा आर्जन गर्ने वा नगर्ने उद्देश्य राखेर खोलिएका उद्योग, संघ, संस्थाले अबदेखि श्रमिकलाई काम लगाएदेखि नै सञ्चयकोष र उपदान उपलब्ध गराउनुपर्ने भएको छ। निजी उद्योग, प्रतिष्ठानमा काम गर्ने मजदुरहरूको सामाजिक सुरक्षा व्यवस्था कमजोर रहेको आवाज उठिरहेका बेला व्यवस्थापिका संसद्ले पारित गरेको श्रम ऐनले यो व्यवस्था गरेको हो। ऐनले श्रमिकका लागि सञ्चय कोष र उपदानको अनिवार्य व्यवस्था गरेको हो।

वंशाणुगत रोग निदानमा नयाँ आविष्कार

विश्वप्रसिध्द जर्नल ‘नेचर’ ले हालै प्रकाशन गरेको ‘करेक्सन अफ प्याथोजेनिक जिन म्युटेसन इन ह्युमन इम्ब्रियो’ भन्ने शोध लेखले चिकित्साशास्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

वंशाणुगत रोग निदानमा नयाँ आविष्कार

नेपालले विदेशमा देखापरेका नयाँ प्रविधि र अध्ययनलाई आत्मसात् गरेर जेनेटिक रोगको परीक्षण र अनुसन्धानमा ध्यान दिई स्वास्थ्य उपचारमा गुणात्मक सुधार गर्न आवश्यक देखिन्छ ।

पहिलो गीतसँगै मैदानमा 'ऐश्वर्य'

अभिनेता रमेश उप्रेतिले निर्माणमा डेब्यु गरेको फिल्म 'ऐश्वर्य'को पहिलो गीत रिलिज भएको छ। शुक्रबार सुन्धारास्थित सिने दि सेफ हलमा 'तिमी रोएको पल' बोलको गीत रिलिज गरिएको हो। अर्जुन पोखरेलको संगीत रहेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्। उपल्लो मुस्ताङको दृश्य समेटिएको गीत  सुदिप बरालले खिचेका हुन्।

संशोधन विधेयक मतदान प्रक्रिया लग्ने

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनअघि नै  संविधान संशोधन विधेयकलाई निर्णयार्थ सदनमा राख्ने निर्णय गरेको छ।

विदेशी अनुदानमा डुब्दै संसदीय समिति

संसदीय समितिका सदस्यहरू विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफंैले चलाइरहेका छन्। 'मिनी संसद्' का रूपमा परिचित संसदीय समिति मुलुकको ऐन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो, जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाइरहेका छन्।

भरतपुर १९ को पुनःमतदानले गठबन्धनलाई राहत

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको पुनःमतदानको नतिजाले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनलाई राहत दिएको छ। हिजो शुक्रबार भएको मतदानको आज घोषणा भएको परिणाम अनुसार वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ। मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाललाई जितको सम्भावना बढाउने मत प्राप्त भएको छ।

भरतपुर १९ मा उत्साहपूर्ण मतदान (फोटो फिचर)

मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण भरतपुर महानगरपालिकाको वडा नं. १९ मा अढाइ महिना नहुँदै आज साउन २० गते दोस्रो पटक मतदान भइरहेको छ।

कडा सुरक्षाकाबीच भरतपुर-१९ मा पुनः मतदान सुरु

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान सुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए।

निजी आवास अनुदान : ५३ अर्बको अख्तियारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान वितरणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ५३ अर्ब रुपैयाँको अख्तियारी पठाएको छ।

मादलबाटै २ लाखभन्दा बढी आम्दानी

मालिका गाउँपालिका ५ घमिरका प्रेम नेपालीले मादल बेचेरै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन् । करिव ४० बर्ष अगाडि देखि जिल्लाको सदरमुकाम तम्घासको मिलनचोकमा मादल बनाउँदै आएका उनले वार्षिक २ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन ।

पुन: मतदानको फैसला पछि भरतपुर १९ का मतपत्र जलाइयो

२० वर्षपछि भएको स्थानीय निर्वाचनमा जनप्रतिनिधि चुन्न भरतपुर महानगरपालिका वडा नं. १९ का मतदाताहरुले बैशाख ३१ गते छाप लगाएका मतपत्रहरु गणना पुरा नहुँदै मंगलबार साँझ सवै जलाइएका छन्।

भरतपुर १९ मा साउन २० गते मतदान हुने

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा साउन २० गते मतदान हुने भएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरणमा बैशाख ३१ गते मतदान भएको भरतपुरमा वडा नं. १९ को मतगणना जारी रहँदा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो ।

भरतपुर १९ वडामा पुनः मतदान आदेश

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको एउटा वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्मत ठहर गरेको छ। अदालते भरतपुर महानगरपालिकाको १९ वडामा पुनः मतदान गराउने आदेश दिएको छ।

भरतपुर १९ मा पुन: मतदान गर्न सर्वोच्चको आदेश

भरतपुर महानगरपालिका-१९ को मत परिणाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुन:मतदान गर्नुपर्ने फैसला सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्