१० मंसिर २०८१ सोमबार
image/svg+xml

ढुंगा, गिटी निकालेको भन्दै स्थानीयले रोके टिपर, अवरोध हटाउन अश्रुग्यास प्रहार

उदयपुरको बेलका नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न माग गर्दै अवरुद्ध सडक खोल्न खोज्दा प्रहरी र अवरोधकर्ताबीच झडप भएको छ ।

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ।

टिपरले लियो मोटरसाइकल चालकको ज्यान

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्ग स्थित कालिञ्जोर खोलाको पुलमा बुधबार टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

स्काभेटर, ट्रिपर र ट्याक्टर नियन्त्रणमा

विराटनगरस्थित केशलिया खोलाबाट अबैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिइएको छ।

टिपरले ठक्कर दिँदा महोत्तरीमा एक बालकको मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ।

मामाको मृत्यु, भान्जा अस्पतालमा

चाबहिलमा बस्ने ओखलढुंगाका पुछाङ भोटेले विगत १० वर्षदेखि घर बनाउने र रङ लगाउने काम गर्दै आएका थिए। सधैंजस्तै सोमबार पनि उनी ललितपुर लुभुमा घरको काम गरेर डेरातर्फ फर्कंदै थिए।

सिनामंगल टिपर दुर्घटना : अर्काको गल्तीले ठूलो क्षति

काठमाडौंको चावहिलमा बस्ने ओखलढुंगाका पुछाङ भोटेले १० वर्षयता घर बनाउने र रङ पोत्ने काम गर्दै आएका थिए। सोमबार उनी सधैंजस्तै लुँभुमा घर निर्माणको काम गरेर डेरातर्फ लाग्दै थिए। घर फिनिसिङको काम अन्तिम चरणमा पुगेकाले त्यो दिन डेरा फर्कन अलि ढिलो भएको थियो उनलाई। उनीसँगै उनका भान्जा घाङ्दुक भोटे पनि घरमा रङ पोत्ने काम गर्दै आएका थिए। प्रायः मामा भान्जा सँगै डेरा फर्कन्थे। सोमबार पनि मामाभान्जा त्यसैगरी डेरा फर्कंदै थिए। लुँभुबाट डेरातर्फ लाग्दा साढे सात बजेको थियो।

एकैपटक २५ सय टिपर रिङरोडमा

महाशाखाको तथ्यांकअनुसार गत वर्ष र यस वर्षगरी उपत्यकामा ३० भन्दा बढीले टिपर दुर्घटनामा ज्यान गुमाइसकेका छन्। ट्रिपर र मिनी ट्रक दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाइ छ।

बुढाबुढी टिपरमा, हिँडनसक्ने जंगलतिर भागे

टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कामदार पनि क्याप्प छाडेर बाहिर निस्किएका थिए। नदीमा ठूलो बाढी आएको र कुनै पनि समय क्याम्पमा क्षति पुग्ने खतरा देखिएपछि उनीहरू सुरक्षित स्थानतिर गएका थिए।

अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ। आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो। बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

टिपरले किच्दा बालकको ज्यान गयो

गिट्टीबालुवा बोक्ने टिपरहरू भित्री सडकमा समेत अत्यन्त तीव्र गतिमा दौडने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

नदी दोहनमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु साहले टिपर र वडा नम्बर २ का अध्यक्ष गणेशकुमार सिंहले एक्साभेटर सञ्चालन गरेको पाइएको छ।

टिपर दुर्घटनामा चालकको मृत्यु

उदयपुरको कटारीमा गए राति टिपर दुर्टटनामा परी चालकको मृत्यु भएको छ। आईतबार राति ९:३० बजे मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ स्थित घुर्मीबाट कटारी आउँदै गरेको टिपर दुर्घटना हुँदा चालक सुजन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

एक सय २० दुर्घटना

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले टिपरका लागि टाइम कार्डको व्यवस्था गरे पनि यसको आतंक भने रोकिएको छैन। टिपर देख्ने बित्तिकै पैदलयात्रु र अन्य सवारी साधन चालकहरू त्रसित हुने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्