२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

स्काभेटर, ट्रिपर र ट्याक्टर नियन्त्रणमा

विराटनगर–४ स्थित केशलिया खोलाबाट अबैध रुपमा माटो उत्खनन् गर्ने क्रममा पक्राउ परेको ट्याक्टर । तस्बिर/नागरिक

विराटनगर– विराटनगरस्थित केशलिया खोलाबाट अबैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिइएको छ। विराटनगर—४ स्थित केशलिया खोलामा अबैध रुपमा उत्खनन् गरिरहेका अवस्थामा मङगलबार ७ वटा टिपर  र एउटा स्काभेटर नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउजुका अनुसार सुनसरी र मोरङको सीमावर्ती खोलाको दुबैतर्फ स्काभेटर लगाएर कटान गरिएका कारण पक्राउ परेका सवारी साधनहरू इलाका प्रहरी कार्यालय दुहविमा कारवाहीका लागि बुझाइएको छ। यस्तै विराटनगर—४ स्थित इक्राहीबाट पनि अबैध उत्खनन्मा संलग्न ट्याक्टरहरू पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अबैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा को २ त ४५८, को २ त ९००० को २ त ३६३२ र को १ त ४९०५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ। विराटनगर स्थित केशलिया खोलाबाट अबैध रुपमा माटो कटान गर्दा हरेक वर्ष बर्खायाममा खोला फुटेर पस्दा विराटनगरका विभिन्न वडा डुवानमा पर्ने गरेका छन्।

यस्तै सोमबार पनि मोरङको केरावारीबाट अबैध रुपमा ढुंगा लोड गर्दै गरेको अवस्थामा एउटा ट्याक्टर नियन्त्रणमा लिइएको थियो। केरावारी–९ स्थित भालु खोलामा अबैध रुपमा ढुंगा लोड गरिरहेको अवस्थामा को २ त ५४५३ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा दिइ आबश्यक कार्वाहीका लागि केरावारी गाउ“पालिकामा बुझाएको थियो।

प्रकाशित: ४ कार्तिक २०७६ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App