११ मंसिर २०८१ मंगलबार
image/svg+xml

काठमाडौंबाट छुटेको बस टिपरसँग ठोक्कियो

काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तरगत बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको छ।ना ४ ख १३४० नम्बरको बस राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ७ मा कोहलपुरबाट पूर्वतर्फ गइरहेको भे १ ख २८९२ नम्बरको टिपरसँग ठक्कर खाँदा पाँच जना घाइते भएका छन्।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३०प २४५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना३ख ६८१३ नम्बरको टिपरले ठक्कर दिएको थियो।

सेल्फीडाँडामा टिपर दुर्घटना, एकको मृत्यु

बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

टिपरको ठक्करबाट महिलाको मृत्यु

निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टिपरको ठक्कबाट घाइते महिलाको मृत्यु

शुक्रबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा को१ख ६३८८ टिपरले मोटरसाइकलमा श्रीमानसँगै रहेकी इलाम नगरपालिका ८ की ५० वर्षीया युरोपिया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु

निस्दी गाउँपालिका–७, पाल्पामा टिप्परको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ। रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ९ वर्षिय ममिता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धराप बन्दै राजमार्गका पुल

महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिए।

टिपर दुर्घटना हुँदा १४ घाइते

उदयपुरको कटारी नगरपालिका ५ रिस्कु तिनतलेमा मंगलबार दिउँसो टिपर दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

टिपरको ठक्करबाट एकको मृत्यु, स्थानीयद्वारा टिपर चलाउन रोक

कसमस सिमेन्टको चुनढुंगा बोक्ने टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आइतबार राति १० बजे ठक्कर दिएर गम्भीर घाइते भएका त्रियुगा नगरपालिका ७ चुहाडे कपासेका १९ वर्षीय सोनम राईको केहीबेरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो टिपर चल्न लगाइएको रोक जायजः उच्च अदालत

काठमाडौ उपत्यकामा दिउँसोको समयमा टिपर चलाउन नपाइने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ।  निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरेपछि टिप्पर सञ्चालन लाई तोकिएको समयसिमा कायमै रहने भएको हो।

टिपरको ठक्करबाट एकको मृत्यु

सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्