८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंबाट छुटेको बस टिपरसँग ठोक्कियो

काठमाडौं - काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तरगत बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको छ।ना ४ ख १३४० नम्बरको बस राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ७ मा कोहलपुरबाट पूर्वतर्फ गइरहेको भे १ ख २८९२ नम्बरको  टिपरसँग ठक्कर खाँदा पाँच जना घाइते भएका छन्।

घाइतेमध्ये बस चालक र सहचालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य तीन जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App