सर्लाही – बाग्मती नगरपालिकाको भित्री सडकमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बाग्मती–१२ बथनियामा आइतबार साँझ ना४ख २३०५ नम्बरको टिपरको ठक्करबाट स्थानीय ख्यालसाङ थिङका पाँच वर्षीय छोरा आयुष थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कर्मैया–हथियौल क्षेत्रीय सडकखण्डमा जोडिएको भित्री सडकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ। घटनालगत्तै स्थानीयले विरोध प्रदर्शन गर्दै बालकको शव उठाउन नदिएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। गिट्टीबालुवा बोक्ने टिपरहरू भित्री सडकमा समेत अत्यन्त तीव्र गतिमा दौडने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
प्रकाशित: २३ असार २०७६ ०१:५३ सोमबार