२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

इङ्ल्यान्डमाथि वेस्ट इन्डिजको पहिलो जित

वेस्ट इन्डिजको सेन्ट लुसियामा भएको चौथो टी–२० खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डमाथि पहिलो जित दर्ता गरेको छ। इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको रोमाञ्चक ५ खेलको टी–२० शृङ्खलाको चौथो खेल वेस्ट इन्डिजले जितेको हो। 

इङ्ल्यान्डविरुद्धको चौथो टी–२० मा वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। त्यसपछि इङ्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो। ज्याकब बेथाइलले ५ छक्का र ४ चौकासहित अविजित ६२ रन बनाए। 

त्यस्तै फिल साल्टले पनि ४ छक्का र ५ चौका प्रहार गर्दै ५५ रनको उत्कृष्ट इनिङ खेले। कप्तान जोस बटलरले ३८ रन बनाउँदा विल ज्याकले पनि २५ रन बनाए। वेस्ट इन्डिजका बलरहरुको कुरा गर्ने हो भने उनीहरु मध्ये सबैभन्दा सफल बलर गुडाकेश मोती रहे। उनले २ विकेट लिएका छन्। त्यस्तै अल्जारी जोसेफ र रोस्टन चेसले पनि १–१ विकेट लिन सफल भएका थिए। 

२१९ रनको ठूलो लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। वेस्ट इन्डिजका लागि इभिन लुइसले सर्वाधिक ६८ रन बनाए। उनले २१९ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै आफ्नो इनिङ्समा कुल ७ छक्का र ४ चौका प्रहार गरे। उनका साथि ओपनर शे होपले पनि शानदार अर्धशतक ५४ रन बनाए। कप्तान रोभम्यान पावेलले पनि ३८ रनको इनिङ खेले । अन्त्यमा शेर्फेन रदरफोर्डले अविजित २९ रन बनाए। इंग्ल्याण्डका लागि रेहान अहमदले सर्वाधिक ३ विकेट लिए। जोन टर्नरले पनि १ विकेट लिए। ५ खेलको टी–२० शृङ्खलामा इङ्ल्यान्डले यसअघि नै तीन खेलमा जित हात पारिसकेका कारण सिरिज उसले जितेको छ। दुई टोलीबीचको अन्तिम खेल नेपाली समयानुसार सोमबार (भोलि) बिहान १:४५ बजे हुनेछ।

प्रकाशित: २ मंसिर २०८१ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App