टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा भएको दुर्घटनामा परी सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा भएको दुर्घटनामा परी सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ।
त्रिभुवन राजपथ अन्र्तगत धादिङको धुनिबेंसी नगरपालिका वडा नं ९, कानाकोटमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ बजेर ३० मिनेटमा ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
पाल्पामा मंगलबार बिहान भएको टिपर दुर्घटनामा चालकको मृत्युु भएको छ। तानसेन तम्घास सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल-३ का ३२ वर्षिय मधु मर्पाङ मगरको घटनास्थलमै मृत्यु भएको हो।
राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ।
विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ।
व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया अनिता पाठक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको शुक्रबार बिहान मृत्यु भएपछि छेवेटार तनावग्रस्त बनेको छ। गोरखकाली क्रसर उद्योग परिसरमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि हालसम्म पनि अवस्था समान्य बनेको छैन।
गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यू भएको छ। शुक्रवार बिहान घरबाट छेवेटार बजार दुध पुर्याउन जाँदै गरेकी महिलालाई गोरखकाली क्रसर उद्योगबाट निस्केको ग १ ख ८०२७ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए। ठक्कर दिने गाडीमा स्थानीयले आगजनी गरेका छन्। सँगै रहेको ग १ ख ७४७३ नम्बरको गाडीमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ।
बयलगाडा, मोटरसाइकल, इलेक्ट्रिक रिक्सा, माइक्रोबस, बस, ट्रक, टिपरलगायत सवारी साधनको ठक्करबाट प्रत्येक महिना सडकमा हिँडिरहेका कसै न कसैको अकालमै मृत्यु हुनेगरेको छ।
औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशलाई क्रसर सञ्चालक विपिन महतोले नियन्त्रणमा लिएर ‘लिभर’ प्रहार गरी घाइते बनाई टिपरको चक्काले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खननको विरोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ।
धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको टिपरले किचेर हत्या गरिएको छ।
हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बर्दिया सदरमुकाम गुलरिया बजारदेखि जब्दी पुलसम्मको सडकलाई विद्यालय समयमा सुरक्षित सडक घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्। विद्यालय समयमा राधाकृष्ण चोकदेखि सुरू हुने सडकमा अत्यधिक विद्यार्थीको चाप हुने र त्यस सडकमा १२ स्कुल पर्ने भएकाले दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासीले सुरक्षित सडक घोषणा गर्न माग गरेका हुन्।