११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भौतिक उपस्थितिमा विद्यालय खुलाउन माग

संस्थागत विद्यालय संघ नेपाल (इसान) ले शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसग माग गरेको छ।

निजी विद्यालयका शिक्षकलाई खोप व्यवस्था गर्न माग

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौंले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि कोरोना भाइरसविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ।

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरीः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन्।

संस्थागत विद्यालयलाई नगरपालिकाको नगद सहयोग

भेरीगंगा नगरपालिकाले कोरोनाका कारण संकटमा परेका संस्थागत विद्यालयहरुलाई नगद अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका १५ वटा संस्थागत विद्यालयलाई छ लाख २५ हजार नगद अनुदान दिएको हो।

बैतडीमा संस्थागत सुत्केरी बढ्दै

बैतडीमा स्वास्थ्य संस्थामै प्रसूति हुनेको संख्या बढ्दै गएको छ। चेतना र स्वास्थ्य सेवाको पहुँचको कारण संस्थागत सुत्केरी बढ्दै गएको हो। स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ९ सय ८ जना, २०७६/०७७ मा १ हजार १ सय १४ र चालु आर्थिक वर्षको अहिलेसम्म २ हजार ३ सय ४५ जना सुरक्षित रूपले स्वास्थ्य संस्थामै सुत्केरी भएका छन्।

वित्तीय क्षेत्रको संस्थागत सुशासन

संस्थागत सुशासन एउटा बहुआयामिक विषय हो । यो संस्थालाई निर्देशित, नियमित र नियन्त्रित गर्ने प्रणाली हो । असल संस्थागत सुशासनले व्यावसायिक प्रतिष्ठानको कुशलता र प्रभावकारिता अभिवृद्धि गर्छ । सुदृढ संस्थागत सुशासनले लगानीकर्ताहरूको संस्थाप्रतिको विश्वास र साख अभिवृद्धि बढाइ समग्रमा संस्थाको सफलता सुनिश्चित गर्छ ।

खेलकुदको संस्थागत विकासका लागि आवश्यक कानून तर्जुमा गरिदैं

जिल्ला तथा प्रदेश खेलकुद परिषद रिक्त भएको झण्डै एक वर्ष वित्यो । राजनीतिक नियुक्त हुने जिल्ला तथा प्रदेश खेलकुद परिषद समिति अझै गठन हुन सकेको छैन ।

परिवर्तन संस्थागत गर्न गुट होइन पार्टी बनाऔं : भरत बुढा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले देशले प्राप्त गरेको ऐतिहासिक परिवर्तनको संस्थागत गर्न पार्टी बलियो बनाउनु पर्ने धारणा राखेका छन्। संघीयता, लोकतन्त्र र प्राप्त नागरिक अधिकारलाई संस्थागत रुपमा स्थापित गर्न पार्टीभित्रका सबै प्रकारका गुटको अन्त्य आवश्यक रहेको बताएका छन्।

सरकारले तीनै तहमा संस्थागत भ्रष्टाचार बढायो

‘नेपाली जनताले लामो संघर्षबाट प्राप्त अधिकारलाई खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वस्फुर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरु ध्वस्त गर्ने कोसिस भएको छ। ’

'समाजवादले मान्छे मार्ने नभई,ज्यान रक्षा गर्ने हो'

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा अाज टुँडिखेलमा अायाेजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ' संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मजदुरहरूकाे पनि ठूलाे हात छ। याे कमजोर हुँदै गए मुलुकमा अराजक फैलिने हाे कि भन्ने प्रश्न राजनीतिक नेतृत्वमा उठ्ने गरेको छ।'

विद्यालयको नाम र विद्यार्थी परिचयपत्र अब नेपालीमाः महानगर

काठमाडाैं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ ।

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन।

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। भर्ना अभियानकै क्रममा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पुगेर कान्छी छोरी पुष्पा भट्टलाई कक्षा ८ मा भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट भने डोटीको केआईसिँह गाउँपालिका–६ मा रहेको देवस्थल माध्यामिक बिद्यालयमा कक्षा १० मा पढ्छिन्।

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्