१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कार्यदलले एमसिसी बारे अध्ययन मात्रै गर्छ, निर्णय गर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसिसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन्। बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसिसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन्।

नेकपामा एमसिसी सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे स्पष्ट हुन बनाएको कार्यदल अन्योलमा परेको छ।

एमसिसी सम्झौता संकटमा: नेकपाले बनायो अध्ययन कार्यदल

तीनसदस्यीय कार्यदलमा संयोजक रहेका झलनाथ खनाल र सदस्य भीम रावल एमसिसीको विपक्षमा बोल्दै आएका छन्। यही कारण एमसिसी सम्झौता संकटमा परेको विश्लेषण गरिएको छ।

दूधको मूल्य निर्धारण गर्न कार्यदल

किसानले दूधको मूल्य बढाउन दबाब दिए पछि सरकारले मूल्य निर्धारण गर्नका लागि कार्यदल गठन गरेको छ। दूधको उत्पादन लागतका आधारमा अध्ययन गरी मूल्य सिफारिस गर्नका लागि बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले आठ सदस्यीय कार्यदल गठन गरेको हो।

मन्त्रालयमै थन्कियो चिया प्रतिवेदन

बारम्बार समस्या बल्झिरहने चिया क्षेत्रको सुधार गर्न गठित उच्चस्तरीय कार्यदलले पेस गरेको सुझावसहितको प्रतिवेदन चार महिनासम्म मन्त्रालयमै थन्किएको छ।

ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

सरकारले ल्याएको भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ प्रणाली (भिसिटिएस) को विरोधमा ग्यारेजमा सवारी साधन थन्क्याएर सडकमा उत्रेका ढुवानी व्यवसायी मंगलबारदेखि काममा फर्केका छन्।

‘भिसीटिएस’ अध्ययन गर्न कार्यदल गठन

सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्य दल गठन गर्ने भएको छ।

विप्लवका नेता खोज्न ‘विशेष सुरक्षा कार्यदल’ परिचालन

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता÷कार्यकर्ता पक्राउ गर्न विशेष सुरक्षा कार्यदल परिचालन गरेको छ। बम विस्फोट, आगजनी, जबर्जस्ती चन्दा÷फिरौती असुल, हातहतियार कारोबारलगायत संगठित अपराधमा विप्लव नेतृत्वको नेकपा माओवादीको संलग्नता देखिएको भन्दै सरकारले त्यसविरुद्ध नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल(एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागमार्फत विशेष सुरक्षा कार्यदल गठन गरेको हो।

पूर्व जनमुक्ती सेनाका कमाण्डरको नेतृत्वमा निर्माण कार्यदल

जिल्लाको रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ। तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड साहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो।

नेकपामा अविश्वास

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुवीचको अविश्वासका कारण संगठनात्मक एकीकरण गर्न चार वटा कार्यदल बनिसक्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन। नेताहरु केपी शर्मा ओली, पुस्पकमल दाहाल र माधव नेपालवीच समन्वय अभाव र अविश्वासका कारण केन्द्रमा पार्टी एकिकरण भएको दश महिना भएको तल्लो तहमा भने एकिकरणको कुनै संरचान तयार गर्न नसकेको हो।

यसकारण विघटन भयो कार्यदल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकतालाई टुंगोमा पुर्याउन गठन गरिएको एकता कार्यदल गत शुक्रबार विघटन गरियो। पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले नै कार्यदल विघटनको प्रस्ताव ल्याएका थिए। तर कार्यदलका सदस्यहरूले एक हप्ता म्याद थप गर्न माग गरेका थिए। उक्त मागप्रति कुनै सुनुवाइ भएन । अन्ततः कार्यदल भंग गरिएको थियो।

सांसद्को ज्यान गएपछि सडक सुरक्षा कार्यदल

सडक दुर्घटनामा सर्वासाधारणले ज्यान गुमाउँदा चासो नदेखाएको प्रदेश सरकारको चेत सडक दुर्घटनामै सांसदको मृत्यु भएपछि खुलेको छ। सडक दुर्घटनामा घाइते प्रदेश ५ का सांसद उत्तरकुमार वलीको उपचारकै क्रममा शुक्रबार निधन भएपछि प्रदेश सरकारले दुर्घटना न्यूनीकरणमा चासो देखाउन थालेको हो। सरकार सडक सुरक्षा योजना कार्यक्रम ल्याउने तयारीमा लागेको छ।

सचिवालय बैठकद्वारा कार्यदल भंग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लाे तहकाे एकता टुंगो लगाउन गठन गरेकाे कार्यदल भंग गरेको छ।

नेकपाको सचिवालयले एकता कार्यदलसंग बैठक गर्ने

अधुरो प्रतिवेदन बनाएको भन्दै नेकपाको सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने भएको छ। सोमबार वसेको सचिवालय बैठकले कार्यदलसंगै बैठक बस्ने निर्णय गरेको हो।

नेकपा कार्यदलले प्रतिवेदन बुझाएन

पार्टी एकिकरणको खाका तयार गर्न बनेको नेकपाको नौ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छैन। सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई मंगलबार जे जस्तो अवस्था छ त्यस्तै अवस्थामा प्रतिवेदन निर्देशन दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्