७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘भिसीटिएस’ अध्ययन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्य दल गठन गर्ने भएको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आइतबार छलफल गर्दै सो प्रणाली लागू गराउन देखिएका समस्या समाधानका लागि ५ सदस्यीय कार्य दल गठन गर्ने घोषणा गरेका हुन्। 

कार्यदलमा अर्थ मन्त्रालयका २ जना, उद्योग वाणिज्य महासंघका २ जना र विज्ञहरुको तर्फबाट एक जना प्रतिनिधि रहने सहमति पनि गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्। सो प्रणाली लागू गराउन आवश्यक पूर्वाधारको विकास समेत नभएको भन्दै उद्योगीहरुले विरोध गरिरहेका थिए।

सो सम्बन्धमा देखिएको समस्या समाधानका लागि कार्य दल गठन गरिएको र त्यसले एक हप्ताभित्र बुझाउने सुझावको आधारमा ती समस्या समाधान गर्न सरकार सकारात्मक रहेको पनि महासंघकी अध्यक्ष राणाले बताइन्।

महासंघले अर्थमन्त्री खतिवडालाई स्थानीय स्तरमा हुने ढुवानी व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ५ श्रावण २०७६ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App