१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उदयपुरमा मेडिकल कलेज खुल्ने, कार्यदल टोलीद्वारा सम्भाव्यता अध्ययन

संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उदयुरमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययन सुरु भएको छ। सदरमुकाम त्रियुगा नगरपालिकामा कलेज खोल्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न मिल्ने नमिल्ने सम्भाव्यता अध्ययन गर्न आएको टोलीले सरोकारवालासँग छलफल गर्नुका साथै बिभिन्न ठाउँको अवलोकन गरेको छ।

कार्यदल सदस्यकै कारण बैठक ढिलाइ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलको बैठक कार्यदलमै रहेका सदस्यका कारण ढिला हुन थालेको छ। गृहमन्त्री रामबहादुर थापा कार्यदलको वरिष्ठ नेता भए पनि उनले समन्वय नगर्दा बैठक बस्न ढिलाइ भएको छ।

निजी कलेजलाई सम्बन्धन रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ।

प्रदेश सरकारलाई अधिकार प्रत्यायाेजन गर्न सुझाव

प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न गठित कार्यदलले संघीय सरकारलाई १५ बुँदे प्रस्ताव पेस गरेको छ।

डोर्‍याएरै काठमाडौं ल्याइन्छ राँगा भैंसी

धेरैलाई लाग्ला– रौतहटबाट भैँसी, राँगा र अन्य जनावर डोर्‍याउँदै काठमाडौं ल्याउन सकिँदैन। तपाईँको अनुमान पनि यही हो भने त्यो सही हुने छैन। तीन दिन हिँडाएर रौतहट र मकवानपुरदेखि काठमाडौंमा भैँसी र राँगा ल्याउने गरिन्छ। त्यस्ता दृश्य हेर्न कहीँ जानु पर्दैन, ललितपुरको टीकाभैरव, लेले, छपेला, भट्टेडाँडा पुगेमात्रै हुन्छ। यही बाटो भएर व्यवसायीहरूले काठमाडौंसम्म हिँडाउँदै भैंसी पुर्‍याउने गर्छन्।

कार्यदल टोली जुम्लामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल (जुम्ला)मा एमबिबिएस अध्ययन सञ्चालनका लागि कार्यदल टोली यहाँ आइपुगेको छ ।

मुख्यमन्त्रीका असन्तुष्टि के हुन् ? (भिडियो)

अन्तर प्रदेश परिषदको बैठक पछि गठन भएको कार्यदलले प्रदेशले भोग्नु परेका समस्या समाधान गर्ने विश्वास मुख्यमन्त्रीहरुले व्यक्त गरेका छन्। प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले सुनिश्चित गरेका अधिकारलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा बैठकमा छलफल भएको बताए।

अन्तर प्रदेश परिषद बैठक, पाँच सदस्यीय कार्यदल गठन

प्रधानमन्त्री सहित बसेको अन्तर प्रदेश परिषदको बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको छ। बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेको कार्यदल बनाएको हो। कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी छन्।

माविसम्म एकै खालको प्राविधिक तथा व्यवसायिक शिक्षा दिन सुझाव

सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमसम्बन्धी भावी नीति र संस्थागत संरचनाको सुझाव दिन गठन गरेको उच्चस्तरीय कार्यदलले प्राविधिक शिक्षा माध्यामिक तहसम्म एउटै प्रकारको हुनुपर्ने सुझाएको छ।

प्रेसविरोध प्रावधान संशोधन गर्न कार्यदल

सरकारले मुलुकी अपराध (संहिता) ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कानुनी प्रावधान संशोधनका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा सुझाव कार्यदल गठन गरेको छ।

युरोप अबको श्रम गन्तव्य

वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ।

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

आयोगका सदस्य एवम् चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पहिलो निर्देशकसमेत रहेका डा. मदन उपाध्यायले आफूहरुले तयार गरेको प्रतिवेदन आफैलाई चिकित्सा क्षेत्रको ‘गीता’ जस्तो लागेको बताउँछन्।

के छ माथेमा कार्यदलको प्रतिवेदनमा ? (पूर्णपाठ सहित)

काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी जुम्लामा अनशनरत छन्। प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा बनेको आयोगले सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयन गर्न केसीले भनेका छन्।

कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

राष्ट्रियसभाको बैठकमा अनशनमा रहेका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीका माग सम्बोधनका विषयमा कांग्रेसले दर्ता गरेको जरुरी सार्वजनिक महŒवको प्रस्तावमा बुधबार छलफल भएको छ ।

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अन्तिमरुप दिन कार्यदल बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्