१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पार्टी एकता गर्न राप्रपा प्रजातान्त्रिकद्वारा कार्यदल गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टी, समुह तथा व्यक्तिहरुलाई एउटै राजनितिक संगठनको रुपमा एकतावद्ध गर्ने उद्देश्य सहित पार्टी एकता विस्तार एवं सहजिकरण सम्पर्क कार्यदल गठन गरेको छ।

सन्डिकेट अन्त्य घोषणाको २४ दिनपछि कार्यदल

यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न अभिव्यक्तिमा आक्रामक रूपमा प्रस्तुत भएको सरकार कार्यान्वयनमा भने उदासीन देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख २४ गते यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गर्दै यसलाई सुधार्न कार्यदल गठन गर्ने बताएका थिए। तर, कार्यदल गठनमै २४ दिन बिताएपछि सिन्डिकेटको विषय ओझेलमा पार्न खोजिएको अनुमान गरिएको छ।

ओली र दाहालबीच कार्यदल प्रतिवेदनबारे छलफल

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन चार कार्यदल

लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहँदै आएको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सोमबार चार कार्यदल गठन गरिएको छ।वैदेशिक रोजगारीको समस्यासँग जोडिएका विभिन्न क्षेत्रमा केन्द्रित रहँदै ती कार्यदल गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए।

एमाले-माओवादी एकता प्रक्रिया : कार्यदलले प्रतिवेदन बुझाए

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौता कार्यदल र विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका हुन्।

करको दर वृद्धिको विरोध समाधान गर्न कार्यदल

भरतपुर महानगरपालिकाले करको दर वृद्धिसम्बन्धि उत्पन्न विवाद समाधानका लागि कार्यदल गठन गरेको छ । महानगरपालिकाले करको दर बढाएपछि जिल्लाका व्यवसायीले विरोध गरेकाले उक्त कार्यदल गठन गरिएको हो।

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो कार्यदल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले चिनकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे सदस्य रहेका छन्।

कार्यदललाई २५ गतेभित्र प्रतिवेदन पेश गर्न ओली-दाहाल निर्देशन

पार्टी एकताका लागि गठन गरिएका कार्यदललाई फागुन २५ गते भित्र आफ्नो प्रतिवेदन पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

कार्यदलको प्रतिवेदनपछि पार्टी एकता : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन्।भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए।

कार्यदलको प्रतिवेदन : आर्थिक कुटनीतिमा जोड

उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ। कार्यदलले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो प्रतिवेदन बुझाएको हो।

कार्यदललाई ओली र दाहालको धन्यवाद

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ। कार्यदलले एमाले माओवादीबीच प्रदेश सभाको लागि पदीय बाँटफाँट र राष्ट्रिय सभाको भागवण्डा टुंगाएको थियो।

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन्।

पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।

संयुक्त कार्यदलको रिपोर्टबारे छलफल गर्दै ओली-दाहाल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको रिपोर्टबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ।

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्