१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पार्टी एकता गर्न राप्रपा प्रजातान्त्रिकद्वारा कार्यदल गठन


काठमाडाै-राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टी, समुह तथा व्यक्तिहरुलाई एउटै राजनितिक संगठनको रुपमा एकतावद्ध गर्ने उद्देश्य सहित पार्टी एकता विस्तार एवं सहजिकरण सम्पर्क कार्यदल गठन गरेको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा गठीत कार्यदलका सदस्यहरुमा विक्रम पाण्डे ,सुनील बहादुर थापा र ठाकुर प्रसाद शर्मा रहनुभएको छ।

पार्टी केन्द्रिय कार्यालय चावहिल काठमाडौद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा पार्टी एकता मार्फत सम्पुर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी शक्तिहरुलाइ एकतावद्ध गर्ने उल्लेख छ।   
 

प्रकाशित: २५ जेष्ठ २०७५ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App