२० आश्विन २०८१ आइतबार
image/svg+xml

गाउँमै मेवा खेतीबाट लाखौं रुपैयाँ

कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौं रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारी समेत दिएका छन्।

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ। उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो।

आइपिसिसी कार्यगत समूह उपाध्यक्षमा रूपाखेती

जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी नियोग (आइपिसिसी) को पहिलो कार्यगत समूहको उपाध्यक्ष (भाइस–चेयर) मा नेपालका डा. महेश्वर रूपाखेती निर्विराेध निर्वाचित भएका छन्।

भारतीय मलकै भरमा खेती

यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका-६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्।

मत्स्य अनुसन्धान केन्द्रको अध्ययन: ‘बहुमुल्य मोती उत्पादन स्वदेशमै सम्भव’

माछापालन गर्ने किसानलाई खुसीको खबर–अब माछासँगै मोती उत्पादन गर्ने सिपिको पनि खेती गर्न सकिने भएको छ। मोती एक प्राकृतिक मणि (रत्न) हो, जुन जिवित प्राणी सिपिले उत्पादन गर्छ। अब सिपिको व्यावसायिक खेती गर्न सकिने यसका अनुसन्धानकर्ताले बताएका छन्। मोती सजावट र गहनाको रुपमा प्रयोग गरिन्छ। विभिन्न रोग निको पार्ने औषधिको रुपमा पनि मोती प्रयोग गर्ने हुँदा यो महंगो पर्ने विज्ञहरुको भनाई छ।

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन्।

कालीकोटको सरुवा अस्पताल नसार्न अदालतमा रिट

कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ।

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

मासुको खेती

मासु खान अब पशुपालन नगरी जनावरको कोषलाई विशेष प्रविधिबाट विकास अथवा कल्चर गरेर उत्पादन गर्ने प्रचलन विस्तारै लोकप्रिय हुँदै छ।

जागिरसँगै कागती खेती

शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले व्यवसायीक कागती खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।

आँप खेतीबाट लाखौं आम्दानी लिँदै पार्वती

सुर्खेतको भेरीगंगा नगरपालिका –१३ रामघाट (भगवती टोल)की ५८ वर्षिया पार्वती रावतलाई यतिखेर बगैँचामा लगाएको आँप बिक्री गर्न भ्याई नभ्याई छ।

मौलाउँदै ‘बादलको खेती’

बादल खेती हिजोआज निकै फाइदाको व्यापार भएको छ। ‘क्लाउड सिडिङ’ भनेर चिनिने यो व्यापार यतिबेला संसारभर निकै फस्टाएको छ।

टीकापुरमा केरा खेती फष्टाउँदै

कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ। यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ। बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन्।

कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान

एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्