५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जागिरसँगै कागती खेती

विष्णुमाया अग्यानिक कृषि फर्ममा कागती टिप्दै शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरे। तस्बिर: अनिल भण्डारी/ नागरिक

शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले व्यवसायीक कागती खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। उनले तीनपाटन गाँउपालिका १ मा व्यवसायीक रुपमा कागती खेती गरि राम्रो आम्दानी लिन थालेका हुन्।

विष्णुमाया कृषि अग्यानिक फर्म नामक कृषि कम्पनी दर्ता गरि घिमिरेले सोही फर्ममार्फत एक हजार कागतीका विरुवा हुर्काएपछि आम्दानी लिन थालेका हुन्। 'कृषिकर्म गर्न धेरै लगानी गर्नुपर्दैन', उनले भने, 'थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।' उनले झन्डै ८ लाख रुपैया लगानी गरेर व्यवसायीक कागती खेती सुरु गरेका हुन्। विदाको समयलाई सदुपयोग गरि खेती गरिएको कागतीबाट वार्षिक २० लाख बढी आम्दानी लिन सकिने अवस्थामा पुगेको उनी बताउँछन्। 'एक दानालाई पाँच रुपैया भन्दा बढी पर्छ', उनले भने, 'मेरो एउटै बोटमा एक हजार दानासम्म फलेको छ त्यसरी हेर्दा यस वर्ष झन्डै बीस लाखको कागती फर्ममा देखिएको छ।'

कागती बगानको संरक्षण र हेरचाह गर्न कर्मचारी समेत राख्ने गरेको उनको भनाइ छ। 'कार्यालय विदा हुने वित्तिकै आफ्नो कागती फर्ममा पुग्छु र कागती गोडमेल गर्छु', उनले भने, 'मैले झन्डै एक विगाहा जमिनमा एक हजार कागतीका विरुवा लगाएको हुँ, जसमध्ये पहिलो चरणमा झन्डै आठ सय कागतीका बोटले उत्पादन थालिसकेको छ।' उनले कागती फर्ममा नियमित एक जनालाई रोजगारी समेत दिएका छन्।

उत्पादित कागती जिल्ला सदरमुकाम सिन्धुलीमाढीसहित देशका ठूला तथा साना सहरमा पठाउन थालिएको घिमिरेको भनाइ छ। 'म कार्यालयमा हुँदा कार्यालय प्रमुख हुँ, फर्ममा आएपछि सामान्य किसान नै हुँ', उनले भने, 'कागतीले आम्दानी राम्रो दिएको छ, बगैचामा आउदा सन्तुष्टि मिल्छ।'

कागतीको आयू करिब पचास वर्ष हुने भएकाले व्यवसायीक कागती खेती गरिएको उनले बताए। करिब तीन सय मिटर तलबाट पानीको लिफ्ट गरि सिचाई गरेको गरि उनको भनाइ छ । सुख्खा पाखोमा हरियाली विरुवा त्यसमाथि कागतीको बोट हुर्काउन निक्कै हम्मे हम्मे परेको उनले सुनाए।

प्रकाशित: १ श्रावण २०८० ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App