९ आश्विन २०८१ बुधबार
image/svg+xml

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ। बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। नेकपा (एस) ले ६ वटासम्म मन्त्रालय पाउने सम्भावना छ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

पार्टी बचाउन माधवलाई बिसौं पटक फोन गरेँ, जहाँ बोलाए त्यही पुगेँः ओली

‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ। बुझाउन खोज्यौं। मैले बिसौ पटक फोन गरेँ। जहाँ-जहाँ भन्यो त्यहीँ धाएर भेटेँ। नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन। एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन। अर्को टुसो आउँछ।’

मलेसियाका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गरे।

वाग्मती प्रदेश सरकार: पूर्णता नपाउँदै धरापमा

संघीय प्रतिनिधिसभाको निर्वाचनमा यी दुवैलाई टिकट नदिएर मुख्यमन्त्री बनाउने भन्दै प्रदेशसभा निर्वाचनमा टिकट दिइएको थियो। नेपाल खेमामा रहेका दुवैले चुनाव जिते। चुनाव जितेपछि अध्यक्ष ओलीकै प्रत्यक्ष दबाबमा उनीहरूलाई प्रदेशसभा संसदीय दलको नेतामा सर्वसम्मत हुन नदिई निर्वाचन गरेर हराइयो।

ओलीले जस्तो हावादारी कार्यक्रम ल्याउँदैनौः प्रदेश मुख्यमन्त्री केसी

ओलीले वर्तमान गठबन्धनलाई तोड्ने कोशिस गरेको भन्दै उनले यो गठबन्धन लामो सयमसम्म रहने दाबी गरे। ‘यो गठबन्धनको शक्तिलाई पारसम्म लान्छौं, प्रतिगामीलाई परास्त गरी विकास कस्तो हो भनी देखाउँछौं’ उनले भने।

घुस लिएको अभियोगमा मुद्दा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जसपा एक हप्ताभित्र सरकारमा सहभागी हुन्छ : बाबुराम भट्टराई

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा. भट्टराईले ठाकुर–महतोलाई खानेबेलामा अभागीलाई रिस उठेजस्तै भएको व्यंग्य गरे।

विश्व संस्कृति दिवसको अवसरमाअन्तर्राष्ट्रिय सेमिनार

भौतिक तथा भर्चुअल माध्यमबाट संचालन भएको कार्यक्रमा नेपालका लागि भारतका राजदूत श्रीविनय मोहन क्वात्राले उद्घाटन गरेका थिए।

कसैले त भनेको गरोस्

२०७८ वैशाखमा निवर्तमान प्रधानमन्त्रीले ‘चुनाव हुन्छ हुन्छ’ भनेका हुन्। ‘तपाईंहरू ढुक्क भएर बस्नुस्, चुनाव हुन्छ हुन्छ’ भनेर प्रधानमन्त्रीले कतिपटक भनेका थिए।त्यसपछि मंसिरमा ‘चुनाव हुन्छ हुन्छ’ भनेका थिए। त्यो पनि नहुने भयो।कसलाई भोट दिने कसलाई नदिने भनेर मनमा गुनेर बसिएको थियो। त्यो पनि भएन।

‘एकतामा ओली बाधक’

चन्द्रागिरि हिल्समा केन्द्रीय सदस्यहरूसँगको छलफलका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमालेभित्र दक्षिणपन्थी र क्रान्तिकारी गरी दुई धार देखिएको बताए। क्रान्तिकारी धार लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्ने पक्षमा रहेको तर दक्षिणपन्थी धारको नेतृत्व गरेका पार्टी अध्यक्ष ओली बाधक बनेको बताए।

एमालेमा पुरानै कमिटी ब्युँतिए

एमाले स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतलाई एमालेमै फर्कन आग्रह गरेको छ । यसअघि भएका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै बैठकले पुरानै जिम्मेवारी दिने निर्णयसहित यस्तो आग्रह गरेको हो।

सार्कको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह

मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना आग्रह गरेको छ।

प्रधानमन्त्री र भाजपा नेताबीचकाे भेटले एक नयाँ सुरुवात हुने महतको विश्वास

भेटमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस र भाजपा बीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको ट्विटमार्फत जानकारी दिए।

ओली १० बुँदेमा लचक हुने सम्भावना कम

एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्