१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

युरोपेली सांसद भेनेजुएलाबाट निकालिए

भेनेजुएला भ्रमणमा रहेका पाँच युरोपेली सांसदलाई भेनेजुएला सरकारले देश निकाला गरेको छ।  भेनेजुएला भ्रमणमा आएका पाहुनालाई देश निकाला गर्ने सरकारी कदम ‘अविवेकी’ भएको भन्दै विपक्षी नेता उवान गुआइडोेले सरकारको आलोचना गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सरस्वती पूजा कार्यक्रममा सांसदको गोली हानी हत्या

भारतकाे पश्चिम बंगालमा एक जना सांसदको गोली हानी हत्या गरिएको छ। पश्चिम बंगालमा तृणमुल कांग्रेस(टीएमसी) का विधायक सत्यजित विश्वासलाई अपरिचित व्यक्तिले गोली हानेको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन्।

नेकपाका सांसदले घरभाडा नलिने

प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन्। प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन्।

एक वर्षमै डेढ सय संघीय सांसदसँग रातो पासपोर्ट

संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) परेको छ। प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १ सय ५१ जनाले रातो पासपोर्ट लिएका छन्। परराष्ट्र मन्त्रालयले रातो पासपोर्टमा कडाइ गरे पनि रातो पासपोर्ट लिने सांसदको संख्या बढ्दै गएको छ।

सांसदको सुविधामा साढे ४ करोड खर्च

गण्डकी प्रदेशका सांसदहरुको पारिश्रमिक र सेवा सुविधामा साढे चार करोड रुपैयाँ खर्च भएको छ। गत वर्ष माघ ७ गते सपथ लिएका सांसदहरुले हालसम्म पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा शीर्षकमा चार करोड ४८ लाख ९८ हजार आठ सय ४१ रुपैयाँ खर्च भएको हो।

बिजनेस नहुँदा अधिवेशनको टुंगो लागेन

अन्य प्रदेशमा संसद्को तेस्रो अधिवेशन धमाधम चलिरहँदा कर्णाली प्रदेश भने सुनसान छ। कात्तिक १८ गते दोस्रो अधिवेशनको अन्त्य भएसँगै सांसदहरू फुर्सदिला बनेका छन्। सरकारले तेस्रो अधिवेशनका लागि ‘बिजनेस’ दिन सकेको छैन। संसद् सञ्चालन नहुँदा सांसदहरूले आफ्ना कुरा सरकारलाई सुनाउन नपाएको गुनासो गर्न थालेक छन्।

सरकारले सही बाटो र नीति लिएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सुझाव दिएका छन्।

संघीय सांसद नै भेन्डर हात पार्ने धन्दामा

सत्तारुढ दलका सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पर्ने धन्दामा लागेको पाइएको छ। नौ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु हुने आसमा बेरोजगार युवा रहेको बेला सांसद र पहुँचवाला व्यवसायीको लबिङले मलेसिया रोजगारी खुल्नमा ढिलाइ भइरहेको तथ्य फेला परेको हो।

चार दर्जन मन्दिर बनाउने मुस्लिम सांसदको घोषणा

रौतहटका एक प्रदेश सांसदले चार दर्जनभन्दा बढी मन्दिर बनाउने घोषणा गरेका छन्। रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा अन्तर्गतका सम्पूर्ण विद्यालयमा आगामी ५ वर्षमा सरस्वती मन्दिर बनाउने घोषणा प्रदेश सांसद शेख अबुल कलाम आजादले गरेका छन्।

सस्तोमा हुने काम महँगोमा किन ?

नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनामा ठूलो रकम खर्च गरेर अनियमिता हुन सक्ने भन्दै सांसदहरुले प्रश्न उठाएका छन्। आइतबार संघीय संसदको अर्थ समितिमा बोल्दै ‘सांसदहरुले सानो बजेटमा अपग्रेड गर्न सकिने परियोजनामा किन ठूलो रकम खर्च गरेर नयाँ प्रविधि ल्याउन लागिएको हो’ भनी प्रश्न उठाएका छन।

सांसदलाई डा. केसीको भावुक पत्र : समय र सत्ता फेरिँदा मुद्दा फेर्नेको बहकाउमा जनप्रतिनिधिमुलक संस्था लाग्ने छैन

डा. गोविन्द केसीले जनप्रतिनिधिमुलक संस्थाले समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरुको बहकाउमा लागेर निर्णय नगर्ने विश्वास व्यक्त गरेका छन्।

माननीयलाई करोडको गाडी, मर्यादापालकलाई रात काट्नै सकस

प्रदेश ५ मा सांसद र पदाधिकारीका लागि करोडौंको गाडी छ। चालक, सहयोगी र आवास सुविधा पनि छ। प्रदेशसभाका सचिवले समेत पदाधिकारीकै सेवा सुविधा उपभोग गर्छन्। बाँकी अधिकृत तहका कर्मचारीले पनि यातायात सुविधा पाएका छन्। सांसद पदाधिकारीका लागि महंँगो टाटा स्ट्रोम गाडी दिने प्रदेशसभाले मर्यादापालकलाई भने न्यूनतम सुविधा पनि दिएको छैन।

चौधरी र रौनियार निलम्बित अवस्थामा

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन्। यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्।

‘राजधानी’मा एकमत सांसदहरु ‘नाम'मा विभाजित

प्रदेश २ को राजधानी र नाम टुंग्याउने विषय झन्झन् बल्झिँदै गएको छ। शुक्रबार जनकपुरमा ‘प्रदेशको नाम र स्थायी राजधानी विषयक संवाद तथा सुझाव संकलन आयोग’ले आयोजना गरेको कार्यक्रममा सहभागीहरू दुई खेमामा विभाजित भए। करिब चार घन्टा चलेको कार्यक्रमभरि सांसदहरूबीच चर्काचर्की चल्यो।

ब्रेक्जिट रोके लोकतन्त्रका लागि दुर्भाग्य हुने चेतावनी

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोके सो कदम लोकतन्त्रका लागि विनाशकारी हुने चेतावनी दिएकी छन्। आइतबार देशका सांसदहरुसँग बोल्दै प्रधानमन्त्री मेले ब्रेक्जिट गर्न नसके त्यसले लोकतन्त्रमा प्रकोप निम्त्याउने चेतावनी दिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्