सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?
हामी जनताबाट निर्वाचित भएका हौँ, तर जिल्लाको कार्यक्रममा जाँदा हाम्रो मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखियो। यसले हामीलाई असजिलो बनाएको छ। यो समस्याको समाधान गर्ने विषयमा सरकारले केही पहल गरेको छैन? यो भनाइ हो प्रतिनिधिसभाका सदस्य झपट रावलको। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवारको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वाचित सांसदलाई अपमान गरेको भन्दै रावलले त्यसलाई सच्याउन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराए।