८ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्र बैंकको निगरानी सुरु

बैंक तथा वित्तीय संस्थाहरुले मिलोमतोमा कमसल घर–जग्गा धितो राखी धेरै ऋण दिएको अशंकामा राष्ट्र बैंकले निगरानी सुरु गरेको छ।

बाँकेमा ‘विप्लव’ समुहका चार जना प्रहरी नियन्त्रणमा

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ४ जना कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । पछिल्लाे समय विप्लव समुहले जनप्रतिनिधी, सरकारी कर्मचारी, शिक्षक तथा ब्यापारीसँग चन्दा असुली गरिरहेको जनगुनासो बढिरहेका बेला बाँके प्रहरीले थप निगरानी बढाएको हो।

भ्रष्टाचारविरुद्ध १८ सदस्यीय नागरिक निगरानी समूह गठन

वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो।

चिनियाँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरण चिनियाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताएकी छन्।

काठ तस्करी बढेपछि कडा निगरानी

राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि रौतहट जिल्ला वन कार्यालयले कडा निगरानी गर्न थालेको छ। यस क्रममा एक हप्ताभित्र दुई सय क्युबिक फिट काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूले प्रयोग गरेका सवारीसाधनसमेत समात्न वन कर्यालय सफल भएको छ।

बम्जनले आश्रमबाटै बेपत्ता पारेकाे आरोप

तपस्वी रामबहादुर बम्जनका देशैभरका आश्रममा प्रहरीले निगरानी बढाएको छ। बम्जन आश्रमबाट सलाल वाइबा, फूलमाया वाइबा, कर्मा वाइबा र सुरेश आलेमगर हराएको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरूको खोजीका लागि प्रहरीले बम्जन सम्बद्ध बोधी श्रमवण धर्म सेवा संघका देशभरका आश्रममा निगरानी बढाएको हो।

प्रहरी निगरानीमा बम्जन

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो।

प्रहरी कार्यालयमा घुस लेनदेन बढ्यो, निगरानी बढाउँदै महानगरीय प्रहरी परिसर

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका कयौं कार्यालयमा घुसको लेनदेन बढेको छ । असोज महिनामा मात्रै एक डिएसपीसहित १० प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नु र नागढुंगा तथा नाग्लेभारे प्रहरी कार्यालयका एक दर्जन प्रहरी आर्थिक लेनदेनमा मुछिएकोे आरोपमा परिसर तानिनुले मातहतका प्रहरी कार्यालय घुसको लेनदेन बढेको स्पष्ट भएको छ।

मन्त्रालयका काममा प्रधानमन्त्री असन्तुष्ट, निगरानी गर्न टोली खटाइयो

दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो। स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन्।

स्थानीय तहमा अख्तियारको निगरानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा निगरानी बढाएको बताएको छ। पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टाचारहरुका उजुरीहरु आउनेक्रम बढेको अख्तियारले जनाएकोे छ।

लापरबाही गर्ने ठेकेदारमाथि निगरानी बढाइयो

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका आठजना ठेकेदारलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिई काम गर्ने लिखित प्रतिबद्धता लिएपछि छाडेको छ।

कामचोर ठेकेदार निगरानीमा

सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध कर्णाली प्रशासन कडा बन्दै गएको छ । कर्णाली प्रदेशभित्र सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि कारबाही प्रक्रिया सुरु गरिएको क्षेत्रीय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए।

स्थानीय तहमा निगरानी बढाउँदै अख्तियार

स्थानीय तहमा व्यापक मात्रामा भ्रष्टाचार बढेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रौतहटमा सक्रिय भएको देखिएको छ। अख्तियारको हेटौँडा कार्यालयको टोली रौतहटमा तीन दिनदेखि छानबिनमा सक्रिय रहेको देखिएको छ।

सुरक्षा निगरानी छैन सीमा क्षेत्रमा

पाँचथरको चाररातेसँग जोडिएको भारत पश्चिम बंगालको सीमामा भारतीय सुरक्षा बल (एसएसबी) को क्याम्प छ। भारततर्फ सीमाक्षेत्रमा सडक बनेको छ। यो सडक भएर आफ्नो भूभाग छिर्न नेपालीले एसएसबीलाई पूरा विवरण बुझाउनुपर्छ। तर यही सडक भएर भारतीय गाडी नेपालको भूभागमा पसी निर्बाध गुड्छन्। यसरी चेकजाँचबिना भारतीय गाडी नेपाली बस्तीसम्म आइपुग्छन् तर नेपाली भने भारतीय सुरक्षाकर्मीको कडा निगरानीमा पर्छन्।

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि गौर भन्सारको राजस्वमा वृद्धि भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्