कर्मचारीकाे अभाव हुँदा सेवा प्रवाहमा ढिलाइ
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष पूरा हुँदापनि गाउँपालिमाहरुमा कर्मचारीको अभाव रहेको छ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष पूरा हुँदापनि गाउँपालिमाहरुमा कर्मचारीको अभाव रहेको छ।
लक्ष्यअनुसार काम नहुँदा बैतडीको पाटन विमानस्थल कालोपत्र गर्ने ढिलाई भएको छ। गत आर्थिक वर्षको असारमै कालोपत्र सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थलको काममा ढिलाई भएको हो।
टोकियो ओलम्पिक २०२० को अयोजकले प्रतियोगिताका लागि निर्माणाधीन दुई मुख्य रंगशाला निमढिलाइ भए पनि त्यसले प्रतियोगिताको तयारीका लागि कुनै असर नगर्ने जनाएको छ।
दलीय भागबन्डा नमिल्दा प्रदेश न ५ मा मिनी संसद्का रूपमा लिइने संसदीय समितिहरू गठन हुनसकेका छैनन्।
प्रत्यारोपण अनुमति ढिलाइले कलेजो प्रत्यारोपण सेवा स्थगित भएको टिचिङ अस्पताल कलोजो प्रत्यारोपण इकाइले जनाएको छ। अस्पतालले जेठको दोस्रो सातादेखि सेवा सुरु गर्ने जनाएको थियो।
सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क विमानस्थल कालोपेत्रको काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । म्याद गुज्रिनै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थलको कटिङ, फिलिङ, ग्याबिन, मेसिनरी, सब–बेस लगायत काम मात्र सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए।
व्यापारिक दृष्टिले निकै महत्वपूर्ण मानिएको धनगढीको मोहनापुलदेखि अत्तरिया सम्मको ‘छ लेन‘ सडक निर्माण समयमै पूरा नहुने देखिएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को टोलीले शंकास्पद ग्यास हमला भएको सिरियाली सहर दोमामा मंगलबार भ्रमण गर्ने क्रममा गोली चलेपछि अन्तर्राष्ट्रिय रासायनिक हतियार निरीक्षकहरुको टोलीको उक्त क्षेत्रको भ्रमणमा ढिलाइ भएको छ।
जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको घर निर्माणमा बिचौलिया बाधक बनेका छन्। दलित र अल्पसंख्यकहरुको घर निर्माण गर्नका लागि सरकारले जनता अवास कार्यक्रमअन्तर्गत एक घर निर्माणका लागि तीन लाख ३२ हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको छ।
जापान सरकार सहयोग नियोग (जाइका) ले भूकम्प पीडितलाई अनुदान वितरणमा भएको ढिलाईले पुनर्निर्माणले अपेक्षाकृत गति लिन नसकेको औँल्याएको छ। भूकम्पपछिको पुनर्निर्माणमा सघाइरहेको उसले अनुदान वितरणमा ढिलाई हुनमा सरकारी निकायदेखि बैंक तथा वित्तिय संस्थासम्मको कमजोरी देखाएको छ।
मन्त्रीका आकांक्षी धेरै भएपछि प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । फागुन ३ गते पा“च सदस्यीय मन्त्रिमण्डल गठन भए पनि बा“की मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।
भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ । कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने टुंगो लगाएको डेढ साता भइसकेको छ । वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच बाँडफाँटमा प्रदेश नम्बर ७ मा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको हो ।
बंशिलाघाटस्थित सुनकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र परेको छ ।बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद नाघ्दा समेत पूरा हुन सकेको छैन ।
एक वर्षभित्रै उद्योग स्थापना गर्नेगरी सम्झौता गरिएको भैरहवा सेजमा वर्षदिन बित्नै लाग्दा समेत उद्योग स्थापना प्रक्रिया सुरु हुन सकेको छैन । अन्य पूर्वाधार तथा ऐन तयार भएपनि सेजमा विद्युत् नहुँदा उद्योग स्थापना हुन नसकेको हो।