३ मंसिर २०८१ सोमबार
image/svg+xml

चितवनको नदीमा बर्दियाको भाले घडियाल

नारायणी नदीमा रहेको दुर्लभ जलचर घडियाल गोहीको एकमात्र भाले मरेपछि चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरु निकै चिन्तामा थिए । नेपालमा निकै संकटमा रहेको घडियाल गोही अलि धेरै चितवन निकुञ्जको राप्ती र नारायणी नदी क्षेत्रमा थिए । तर प्रजनन्मा सक्रिय एक मात्र भाले मरेपछि निकुञ्जका अधिकारीहरु भाले गोही ल्याउँन बर्दिया पुगेका थिए ।

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ।  गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए।

अपडेट : त्रिशुली नदीमा बस खस्दा १० को मृत्यु, १६ को उद्धार

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट  त्रिशुली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ।  मृतक मध्ये ७ जना पुरुष र ३ जना महिला रहेको धादिङको प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए । मृतकको सनाखत भने हुन सकेको छैन्।

त्रिशुली नदीमा बस खस्यो,  तीनको मृत्यु

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा बस दुर्घटना  हुँदा ३ जनाको मृत्यु भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो।

कर्णाली नदी पौडीका लागि निकै जोखिमपूर्ण

कर्णाली नदीले पटकपटक कैयौं होनहार युवाहरूको ज्यान लिएको छ । कैयौं व्यक्तिहरू बेपत्ता छन । जसको न त लाश भेटियो न उनीहरू जीवितै रहेको कुनै आधार छ ।

महाकाली नदी किनारमा युवकको शव फेला

कञ्चनपुरको महाकाली नदीको किनारमा अन्दाजी १६ वर्षका हेमराज पन्त मृत अवस्थामा फेला परेका छन् । बुधबार सुरक्षाको लागि खटिएका नेपाल प्रहरीको टोलीले उनको शव महाकाली नगरपालिका ८ स्थित महाकाली नदी किनारमा फेला पारेको थियो।  उनी चार दिनअघि घरबाट कैलालीको अत्तरियातर्फ जान हिडेका थिए । ‘महाकाली नदीमाथिको झोलुङ्गे पुलभन्दा झण्डै ५ सय मिटर तल शव फेला परेको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीले भने ।

नदीले बगाउँदा मलामीको मृत्यु

मलामी गएका झापा दमकका एक युवकको नदीले बगाएर ज्यान गएको छ। झापाको शिवसतासीस्थित कन्काई नदीले बगाउँदा दमक–२ भाङबारीका ४१ वर्षीय विष्णु दुलालको ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

नदीमा डुबेर एक बालिकाको मृत्यु, दुई बाँच्न सफल

पर्साको ओरीया खोलामा डुवेका तीन जना बालिकामध्ये हराएकी एक जना बालिकाको बिहीवार बिहान शव फेला परेको छ। बुधबार दिउसो घास काट्न गएका छिपहर माई गाउँपालिका ३ पर्ने जयमंगलापुरको झलमैयाका तीन जना बालिकाहरु नदी तर्ने क्रममा बगेका थिए।

भिरबाट लडेर एकको मृत्यु, त्रिशुली नदीले बगाउदा एक बेपत्ता

नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाँउपालिका वडा नंं ७ सुनखानी गुरुङगाँउका लालीमाँया तामाङ रहेकी छिन्।

शेरा र बुढी खोला नदीमा तटबन्ध बाधिनेछ: प्रधानमन्त्री देउवा

अधिक बर्षासँगै आएको बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतीको अवस्थाबारे जानकारी लिन पूर्व क्षेत्रको निरीक्षण गर्न सोमबार इटहरी आएका प्रधानमन्त्री शेरबहादुर देउवाले शेरा र बुढी खोलामा दीर्घकालिन तटबन्ध बाध्न सरकारले विशेष योजना ल्याउने बताएका छन्।

बबई नदी बस्ती पस्यो, गुलरियासहित ४ नगरपालिका उच्च जोखिममा

शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।

सप्तकोशी नदीको बहाव उच्च

बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल पानी परेपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ।

कछुवा गतिमा राजधानीका नदी कोरिडोर

काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन्।

बक्राहा नदीको बाँधमा डिई र ठेकेदारको चरम लापरवाही

बक्राहा नदीको भत्केको बाँध निर्माणमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र निर्माण कम्पनीको चरम लापर्वाहीले उत्तरपूर्वी मोरङको आधादर्जन भन्दा बढी बस्ती फेरि डुवानको खतरामा छन् ।

सुनकोशी नदीको पुल निर्माण अलपत्र

दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्