६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नदीले बगाउँदा मलामीको मृत्यु

दमक—मलामी गएका झापा दमकका एक युवकको नदीले बगाएर ज्यान गएको छ। झापाको शिवसतासीस्थित कन्काई नदीले बगाउँदा दमक–२ भाङबारीका ४१ वर्षीय विष्णु दुलालको ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

स्व फुपू विष्णुमाया दंगालको दाहसंस्कारका लागि कन्काई नदीमा मलामी गएका दुलाललाई कन्काई नदीले आज अपराह्न खोलाले बगाएकामा करिब पाँच मिटर दक्षिणबाट प्रहरी चौकी माइधारका प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ८ भाद्र २०७४ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App