३ मंसिर २०८१ सोमबार
image/svg+xml

‘नदीको प्रयोग गरी महानगरको समृद्धि’

मधेसको एकमात्र महानगरपालिका भरतपुरका प्रमुख पदका उम्मेदवारले दुई तर्फबाट बगेका नारायणी र राप्ती नदीको अधिकतम सदुपयोग गरी समृद्ध महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सप्तकोसी नदी आसपास क्षेत्रमा उच्च सतर्कता

सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

माछा मार्न जाँदा नदीमा बगेर युवक बेपत्ता

जाजरकोटमा एक युवक भेरी नदीमा बगेर बेपत्ता भएका छन्। माछा मार्न भेरी नदीमा गएका छेडागाड नगरपालिका १ का २७ वर्षीय शरण पुन बेपत्ता भएका हुन्।

प्रदूषित नदी संस्कृति

बागमतीको प्रदूषण नदीको मात्र प्रदूषण होइन, यो त संस्कृति र सभ्यताकै प्रदूषण हो। बागमतीको प्रदूषणले हाम्रो आस्थामाथि ठूलो चोट पुर्‍याइरहेको छ।

करेन्ट लगाएर मारिदै नदीका माछा

जिल्लाको ग्रामीण भेगमा रहेका नदी र खोलाहरूमा केही वर्षदेखि करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेको छ । स्थानीय प्रशासनको  लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण खोला र नदीमा  करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको छ ।

नदी आयोग गठन माग

दोस्रो नदी शिखर सम्मेलनले नदीहरूको दिगो व्यवस्थापन तथा उपयोगका लागि राष्ट्रिय नदी नीति र अधिकार सम्पन्न नदी आयोग गठनको माग गरेको छ। चारदिने सम्मेलन समापनपछि आइतबार त्रिशूली नदी किनारबाट जारी घोषणापत्रमा नदी संरक्षणको प्रतिबद्धतासहित १३ बु“दे माग गरिएको छ।

मध्यरातमा नदी उत्खनन् गर्ने ४ जनाविरुद्ध मुद्धा

मध्यरातमा अवैध ढंगले नदी उत्खनन गर्ने एक समूहलाई नुवाकोट प्रहरीले पक्राऊ गरी मुद्धा चलाएको छ । मध्यरातमा त्रिशुली नदीमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिई शुक्रबार नै सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको हो ।

आजदेखि नदी शिखर सम्मेलन

अत्यधिक उत्खनन् र दोहनका कारण संकटमा परेका मुलुकभरका नदी जोगाउने उद्देश्यले विभिन्न संघसंस्था मिलेर बिहीबारदेखि चारदिने दोस्रो नदी शिखर सम्मेलन गर्ने भएका छन्। सम्मेलन आयोजक कमिटी अध्यक्ष मेघ आलेले देशभरका नदी विभिन्न कारणले विनासोन्मुख भएकाले प्राकृतिक अवस्थामै फर्काउने उद्देश्यले सम्मेलन गर्न लागिएको जानकारी दिए।

माझीले नदीको सम्मान गरे लदीपूजा

‘हरेकपटक डुंगा चलाउनु र जाल हान्नुअघि पानीको भगवान्लाई प्रार्थना गरिन्छ,’ रामेछाप मन्थली– १६ का बालकृष्ण माझी भन्छन्, ‘पानीको पूजा गर्नु हाम्रो धर्म हो।’

तमोर नदीमा एक व्यक्तिको शव फेला

ताप्लेजुङ खेजेनिम गाविसका कुलबहादुर लिम्बू तमोर नदीमा मृत फेला परेका छन् ।  बिहीबार सदरमुकामदेखि सिँवाका लागि छुटेको जिपमा घर जाँदै गरेका लिम्बू हाङ्देवा गाविसमा पुग्दा ओर्लिएर बेपत्ता भएका थिए।

बागमती नदीमा एस्काभेटर लगाउन प्रशासनको रोक

बागमती नदीको विभिन्न घाटमा अवैध रुपमा लगाइएको एक्जाभेटरमाथि स्थानीय प्रशासनले रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्