३ मंसिर २०८१ सोमबार
image/svg+xml

भारतले महाकाली नदीका तुइन काट्यो, सीमा नाका बन्द

आइतबार बेलुकी ५ बजेदेखि दार्चुलाका भारतसँग जोडिएका सीमा नाकाहरु शिल गरिएका छन्। फ्रेवुअरी १५ अर्थात फागुन ४ गते सीमावर्ती भारतीय उत्तराखण्ड राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नाका ३ दिन सम्मका लागि बन्द गरिएको हो।

त्रिशुली नदीको उत्खनन् रोक्न सरकारलाई ज्ञापनपत्र

त्रिशुलीमाथी भइरहेको अबैध उत्खनन रोक्न त्रिशुली बचाउ साझा संजाल धादिङले सरकारको ध्यानाकर्षण गराएको छ।

श्री स्वस्थानी ब्रत अारम्भ, सालीनदीमा २०३ जना व्रतमा

उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित सालीनदीमा ५०० वर्ष पुरानो श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेला सुरु भएको छ ।

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

पौडी खोल्न गएका दुईजना नदीमा वेपत्ता

त्रिशुली र राप्ती नदीमा बगेर चितवनका दुईजना वेपत्ता भएका छन्। कविलास गाविस–१ जुगेडी नजिकबाट त्रिशुली नदीमा पौडी खेल्न गएका २० वर्षीय इमानसिंह लामा शनिबार दिउँसो तीन बजेदेखि वेपत्ता भएका छन्। कालिका नगरपालिका–४ जुटपानी घर भएका लामा जुगेडीको नमस्ते होटलमा काम गर्दथे ।

नदीमा सवारी साधन नखस्ने संरचना आवश्यक

पूर्व गृहमन्त्री माधव घिमिरे वेपत्ता रहेको सडक दुर्घटनाको छानबिन गर्न गठित समितिले तत्काल सडकका छेउमा दुर्घटना भै हाले पनि सवारीसाधन नदीमा खस्न रोक्न सक्ने बलियो संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको छ।

मामाघरबाट हराएका बालक नदीमा मृत भेटिए

महोत्तरी जिल्लाको बलवा गाविसस्थित मामाघरबाट हराएका एक बालक सरपल्लो गाविस भएर बग्ने अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा नदीमा मृत अवस्थामा भेटिएको छ ।

नदी किनारमा युवक मृत अवस्थामा

रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा आज एक व्यक्तिको शव फेला परेको छ।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजु ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ ।

यो नदी होइन, राजधानीको सडक हो (फोटो/भिडियो)

राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।

बस बजारिँदै नदीमा

नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार बिहान सबेरै ग१ख ३७९० नम्बर बस त्रिशुलीमा खस्दा २२ को मृत्यु भएको छ। घटनामा १६ घाइते छन्। नदीमा केही हराइरहेको जनाइए पनि संख्या यकिन छैन। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घटनास्थलमा २० जनाको शव फेला परेकोमा दिउँसो थप एक जना मृतक भेटिएको छ।

लाल बकैया नदीमा डुबेर बालकको मत्यु

रौतहट– लाल बकैया नदीमा डुबेर आइतबार एक बालकको ज्यान गएको छ। गौर नगरपालिका वडा नम्बर–१० सपगढा टोलका शेख शमिउल्लाहका १० वर्र्षीय छोरा शेख इस्ताक आलमको मृत्यु भएको हो।

नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्

तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्