३ मंसिर २०८१ सोमबार
image/svg+xml

उपत्यकाका नदीबाट शनिबार २३ मेट्रिक टन फोहर निकालियाे

काठमाडौं– उपत्यकाका प्रमुख नदी सफाइ गरी २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सफाइ महाअभियानको १६८ औँ हप्तामा आज बल्खुपुलस्थित तरकारी तथा फलफूल बजार क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले बताए।

उर्लिएकाे लाल बकैया नदीले एक बालिकालार्इ बगायो

रौतहट– रौतहटमा एक बालिकालाई खोलाले बगाएको छ। लालबकैया नदीमा आएको बाढीको समयमा साथीहरुसित खेल्न जाँदा बालिकालाई खोलाले बगाएको हो।

बाणगंगा नदी गाउँ पस्याे, सात सय बढी घर डुबानमा, एक जनाको मृत्यु

भीषण बर्षासँगै बाणगंगा नदीमा आएको बढीले जिल्लाका एक दर्जन गाविसका सात सय बढी घर डुवानमा परेका छन्। सोमबार राति देखिको अबिरल बर्षापछि नदीमा पानीको बहाव बढेपछि दर्जनौं गाउ डुबानमा परेका हुन्। बाणगांगा नगरपालिका–१३ मा पर्ने आधा दर्जन बस्तीहरु, कपिलवस्तु नगरपालिकाको तिलौरी, धनकौलीको देवपुरा, बिजगौरी, बलरमवापुर, सौराहाको अकबरपुर, कजराहवाको सिग्राहा, कठौनिया र सोनबर्षा, शिहोखोरको खोरिया, हदौना लगायतका गाउहरु डुबानमा परेको प्रहरी उपरीक्षक बिष्णु कुमार केसीले बताए।

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

निरन्तरको बर्षाले राप्ती नदीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राप्तीमा पानीको सतहले खतराको संकेत नाघेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रविराज पन्थले नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेको बताए ।

सप्तकोसी नदीमा पानीको बहाव उच्च, ३१ ढोका खोलिए

सप्तकोसी नदीमा पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो छ । शनिबार बिहाने कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार ४ क्यूसेक पुगेको छ। सप्तकोसीमा मंगलबारदेखि पानीको बहाव बढ्दो छ । पहाडी जिल्लामा निरन्तर बर्षा भइरहेकाले गर्दा पानीको वहाब बढेको हो । पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ ।

खाँडो नदीमा पछिल्लो एक दशक यताकै उच्च बहाव

शुक्रबार मध्यरातिदेखि भएको अविरल बर्षापछि खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगका आधा दर्जन गाविसका झण्डै ८ सय बढी घर डुवानमा परेको छ। स्थानीयका अनुसार शनिबार विहानै आएको बाढी खाँडो नदीमा पछिल्लो एक दशक यताकै ठूलो बाढी हो। बाढीका कारण सकरपुरा गाविस पुरै डुवानमा परेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीले जनाएको छ।

तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति

ताप्लेजुङका दुुई निर्वाचन क्षेत्र जोड्ने तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गएराति १ बजेर ३५ मिनेट जाँदा यो पुुल नदीले बगाएको स्थानीय हरि काफ्लेले जानकारी दिए। ‘नदीमा पानी बढेको सुुनेपछि हामी पुुललाई असर गर्लाकी भनेर हेर्न गएका थियौं’ यही बेला पुुल बगायो,’ पुल बगाएको देखेका उनले भने।

सप्तकोसी नदीमा पानीको बहाव उच्च, खतराको संकेत राताे बत्ती बालियो

लगातार परेको अविल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। बुधबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख ७८ हजार ९ सय क्यूसेक पुगेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्