३ आश्विन २०८१ बिहीबार
image/svg+xml

लोक सेवा आयोगको परीक्षा स्थगित

लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ। संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको स्वास्थ्य संवेदनशिलतालाई मध्येनजर गरि आयोगबाट हुने लिखित परिक्षा चैत मसान्तसम्मका लागि स्थगित गरिएको हो।

त्रिविद्वारा सबै परीक्षा स्थगित, पठनपाठन पनि बन्द

त्रिभुवन विश्वविद्यालयले चैत मसान्तसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले भोली शुक्रबारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारीको सचिवालयले जनाएको छ। विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला सरकारले सबै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो।

त्रिवि ईन्जिनियरिङ अध्ययन संस्थान अन्तरगतका पठनपाठन र सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानले पठनपाठन र सबै परीक्षा स्थगित गरिएको जनाएको छ।

विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले अहिलेको अवस्थामा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताए।

चैत मसान्तसम्म शैक्षिक संस्था बन्द हुने, एसइई परीक्षा नरोकिने

सरकारले माध्यमिक तथा विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

बैतडीमा एसइई परीक्षाको तयारी पूरा

बैतडीमा एसइई परीक्षाको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। इकाइका सूचना अधिकारी पुष्कर शर्माका अनुसार २६ वटै केन्द्रमा केन्द्राध्यक्ष तोकि सकेको र अन्य तयारी पनि पूरा भएको छ। जिल्लामा नियमित तर्फ छात्र २ हजार पाँच सय ५३ र छात्रा २ हजार ६ सय ४५ गरेर ५ हजार एक सय ९८ परीक्षार्थी सहभागी हुँदैछन्।

एसईई परीक्षा स्थगित हुँदैन : मन्त्री खतिवडा

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो।

विद्यालय तहमा प्रवेश परीक्षाको औचित्य

विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यतिखेर तपाईं हामीमध्ये कतिपयले बाध्यताले अथवा रहरले पुराना स्कुल छोडेर आफ्ना नानीबाबुलाई नयाँ स्कुलमा भर्ना गर्ने तरखर गरिरहेका हुन सक्छौँ । नाम चलेका निजी स्कुलले भर्नाका लागि प्रवेश परीक्षा लिने भएकाले त्यसको तयारी पनि गराइरहेका हुन सक्छौँ । खासमा के हो त प्रवेश परीक्षाको रहस्य ? त्यसबारे चर्चा गरौँ ।

परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन

४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुन लागेको यसपटकको एसइई परीक्षामा कोरोना संक्रमणको सम्भावनालाई ध्यान दिई परीक्षार्थीबीच एक मिटरको दूरी कायम हनेगरी सिट व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको छ।

परीक्षा मर्यादित बनाउन नसक्दा प्रअ पदबाट हटाइए

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयको वार्षिक परीक्षालाई मर्यादित तरिकाले सञ्चालन गर्न नसकेको भन्दै दुई प्रअलाई जिम्मेवारीबाट हटाएको छ।

त्रिविको परीक्षा यथावत्

त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

विद्यार्थीबाट परीक्षा शूल्क उठाइएकोप्रति क्रान्तिकारीको आपत्ति

दैलेखमा विद्यार्थीबाट परीक्षा शुल्कको नाममा चर्को रकम असुल्ने गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ।

लोकसेवा दिन आएका परीक्षार्थीको मृत्यु

ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका–४ घर भएका वर्ष २२ का सविन शेर्पाको लोकसेवाको परीक्षा दिन धनकुटा आउने क्रममा शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ।

अपूरो पढाइमा वार्षिक परीक्षा

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाम रोल्पामा हिजोआज ‘ट्युसन’ पढाउन भ्याई नभ्याई छ। यहाँ एसईई दिने कक्षा १० का विद्यार्थीको अंग्रेजी र सामाजिक विषयको कोर्ष आधा मात्रै सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्