७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

त्रिविद्वारा सबै परीक्षा स्थगित, पठनपाठन पनि बन्द

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले चैत मसान्तसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले भोली शुक्रबारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारीको सचिवालयले जनाएको छ। विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला सरकारले सबै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो।

भोलिबाट लागू हुनेगरी चैत मसान्तसम्म सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइएको छ। यस्तै, परीक्षासँगै पठनपाठन पनि स्थगित गरिएको त्रिवि सभा तथा कार्यकारीको सचिवालयका प्रमुख सूर्य प्रसाद अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सरकारले कोरोना भाइरसको जोखिम हुनसक्ने भन्दै बिहीबारबाट हुने तय गरेको एसइई परीक्षालाई हिजो साँझ स्थगित गरेको थियो भने सबै विश्वविद्यालय तथा शैक्षिक संस्थालाई चैत महिनाभरि बन्द गर्न निर्देशन दिएको थियो।

प्रकाशित: ६ चैत्र २०७६ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App