३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कक्षा ११ को परीक्षा पनि विद्यालयबाटै सञ्चालन गर्ने तयारी

कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०(इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाईनै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ।

बैंक वित्तीय संस्थामा जागिर गर्न लोकसेवाको परीक्षा लिने

चिनेजानेका व्यक्तिवाट बैंक वित्तीय संस्थामा जागिर खाने सोचमा हुनुहुन्छ भने अब त्यो सपना पुरा नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संगठित संस्थाहरुलाई आयोगको दायरामा ल्याउने उदेश्यले संसदमा दर्ता गरेको ‘लोकसेवा आयोग ऐन २०७५ विद्येयक’ को मस्यौदा प्रतिधिनीसभाले पारित गरेकाले अब यी क्षेत्रमा कमा गर्न लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्नेछ ।

यसपटक स्थगित एसइईको कानुनी व्यवस्थै परिवर्तन गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा ग्रेडिङ गर्ने जुन निर्णय भएको छ, त्यसलाई संरचनाका रूपमा विकास गर्न कानुनमा परिवर्तन आवश्यक हुन्छ।

एसइई खारेजी गर्न शिक्षा मन्त्रालयलाई शिक्षा समितिको निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को अब कुनै आवश्यक्ता नरहेकोले खारेजी गर्नु पर्ने निर्णय गरेको छ। समितिले एसइई सधैंकोलागि खारेजी गर्न शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

एसइईको लब्धांक असारमै

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको लब्धांक असारभित्र उपलब्ध गराउने तयारी सुरु गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस वर्षको परीक्षा नलिएर आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले असारभित्रै उपलब्ध गराउने तयारी थालेको हो ।

कक्षा ११ र १२ को परीक्षा हुन्छ, एसइई बारे एक हप्तामा निर्णय गर्छौं : शिक्षा मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन्।

एसइइको खारेजी

यतिबेला कोरोना भाइरसको कहरबाट सिंगो जनजीवन अस्तव्यस्त छ। यसपटकको एसइइ परीक्षा हुने बेलामा मुलुक बन्दाबन्दीमा प्रवेश गरेपछि प्रक्रिया स्थगित भएको हो। एसइइको तयारीमा रहेका विद्यार्थी एकातिर कोरोना संक्रमणबाट जोगिन प्रयासरत छन् भने अर्कोतिर उनीहरू यस्तो बेलामा पनि पढाइको तनाव लिएर बसिरहेका छन्।

केरलामा एसएसएलसी परीक्षा सुरु

भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ।

भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ ।

सांसदहरुको प्रस्ताव : एसईई खारेज गरौं

कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग सांसदहरुले गरेका छन्।

एसईई परीक्षा कसरी गर्ने ? यस्ता छन् सरकारलाई सुझाव

सरकारले कोरोना भइरस नियन्त्रणको लागि गरेको लकडाउन खुल्नासाथ समाजिक दूरी कायम गर्दै घर पायक पर्ने स्कुलहरुमा एसईई परीक्षा केन्द्र तोक्न सुझाव दिइएको छ। सरकारले गठन गरेको परीक्षा ब्यवस्थापन समितिले विहिबार शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई यस्तो सझाव सहितको प्रतिवेदन बुझाएको हो।

वार्षिक परीक्षाको नतिजा रेडियोमार्फत सार्वजनिक गर्दै सामुदायिक विद्यालय

यहाँका सामुदायिक विद्यालयहरुले वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न थालेका छन् । मुलुक बन्दाबन्दीको अवस्थामा रहेकाले विद्यालयहरुले वार्षिक परिक्षाको नतिजा सञ्चारमाध्यम रेडियोमार्फत सार्वजनिक गर्न सुरु गरेका छन् ।

एसईईका तीन विकल्प

लेखिरहनु पर्दैन, सारा दुनिया कोरोनाको माहामारीसंग जुधिरहेको छ। अहिले मानिसहरुको ‘ज्यान’ पहिलो प्राथमिकतामा रहनु स्वभाविक नै हो। कतिपयले ‘मानव अस्तीत्व’ मै संकटको कालो वादल मडारिन पुगेको आकलन समेत गरेका छन्। जे होस्, यो लेखमा हामी कोरोनाले ल्याएका अन्य बहु–आयामिक व्यथा माथी बहस गर्न लागेका छैनौ।

त्रिभुवन विश्वविद्यालयद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म सबै तहका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

परीक्षा दिएर घर फर्केका बालक मृत भेटिए

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना ललही गाउँका एक बालक मृत अवस्थामा फेला परेका छन्। नवज्योती इङलिस मिडियम स्कुलको कक्षा १ मा पढ्ने ९ वर्षका अरविन थारु मृत अवस्थामा शुक्रबार (आज) बिहान फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्