१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विकासे अजेन्डा पूरा गर्न सांसद गौतम अनशनमा

दुई कार्यकाल लागतार चुनाव जित्नेमध्येमा पर्छन्, बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम। एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता वामदेव गौतमलाई हराएर चुनाव जितेका सञ्जयको आफू दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदासमेत विकासको अनुभूति जिल्लावासीले गर्न नपाएको गुुनासो छ।

ज्योति बैंकको नयाँ शाखा गोकर्णमा

ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको उद्घाटन गरेको छ। बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर। रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा विद्यार्थी भर्नादर शून्य छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई दृश्य लाउन्जमा छुट

मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्ज बीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग यो सम्झौता गरेको हो।

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेका छन्।

वाग्मती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रूपैयाँ उठिसकेको छ। तर प्रगति शून्य छ। वाग्मती नदी अहिले पनि ढलझैं बगिरहेको छ।

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ।

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गति अनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्।

महिलाको अश्लील तस्बिर बनाउनेलाई २५ हजार जरिवाना

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई महिलाको अश्लील तस्बिर पठाएर बदनाम गराउने एकजनाविरुद्ध २५ हजार रूपैयाँ जरिवाना गर्न सर्वोच्च अदालतले फैसला गरेको छ।

कृषि विकास निम्ति मूल्य अभिवृद्धि कर

हाल कृषि उपजमा मूल्य अभिवृद्धि कर छूट दिइएकोले कृषि उपजको उत्पादन तथा पैठारी दुवैमा मूल्य अभिवृद्धि कर लाग्दैन।

भारतबाट दुध आयात हुँदैः चितवनका किसानले गरे विरोध

‘राष्ट्रिय दुग्ध विकास बोर्डले १ लाख २० हजार लिटर दूध दैनिक भारतबाट आयात सिफारिस गरिएको भन्ने आएको छ’, भरतपुरमा पत्रकार सम्मेलन गर्दै बगालेले भने, ‘यो किसानका लागि दुःखद् विषय हो। दूधको आवश्यकता बढेको हो भने अध्ययन गर्न जरुरी छ। आयात गर्नुभन्दा उत्पादन बढाउन सरकारले ध्यान दिनुपर्छ।’

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।

कक्षा १२ मा दुईभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को परीक्षा प्रणालीलाई खुकुलो बनाउन लागेको छ।

आवास विकास संघको अध्यक्षमा धमला

नेपाल जग्गा तथा आवास विकास संघको १६ औं साधारणसभामा आगामी दुई वर्षका लागि विदुर धमला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्