२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेका छन्।

बैंकको नेपालगञ्ज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं. ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई ‘सेमी अटो वायोकेमेष्ट्री एनालाइजर मेसिन’ हस्तान्तरण गरिएको छ। स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यसक्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्यूनतम मूल्यमा किडनी, लिभर, सुगर र युरिक एसिड सम्बन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ।

निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाँकेका अध्यक्ष पूर्णिमा शाहीलाई बैंकका लुम्बिनी प्रदेश ‘ख’ का प्रदेशिक प्रबन्धक खगेन्द्रबहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रवन्धक बिन्दुप्रसाद शर्माले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

त्यस्तै बैंकको डल्लु र ठमेल शाखाद्वारा जिल्ला प्रहरी परिसर टेकु काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरेको छ। काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तीव्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर टेकुका प्रहरी बरिष्ठ उपरीक्षक धनबहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिषबहादुर धमला र ठमेल शाखाका शाखा प्रवन्धक युधिरमान सिंहले संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका छन्।

प्रकाशित: २६ वैशाख २०८० ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App