१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्शुराम मृत्यु घटनाको छानबिन गर्न परिवारको माग

तत्कालीन २ नम्बर बाहिनीपती यमप्रसाद ढकालसहित १४ जना विरुद्ध छानबिन गर्न माग गर्दै दिएको किटानी जाहेरी जिल्ला प्रहरी धनकुटाले लिन अस्वीकार गरेपछि हुलाकमार्फत जाहेरी पठाएको कमलाले पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्।

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

‘कांग्रेस, भारत र पश्चिमा चीनविरुद्ध सक्रिय’

कांग्रेसका सांसद एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले पश्चिमा र भारतीय इसारामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको बताएको दाबी ग्लोबल टाइम्सको छ।

भारतीय स्थल सेनाध्यक्ष स्वदेश फर्किए

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी : नेपाली सेना

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्नेका छन्। सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे।

विना नरवणे र सैनिक श्रीमती संघका पदाधिकारीहरुबीच भेटघाट

भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेका साथ नेपाल भ्रमणमा रहेकी उनकी श्रमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाबीच भेट भएको छ।

नेपाली सेनाले भारतीय सेनालाई दियो बुद्धको प्रतिमा र मास्क

नेपाली सेनालेभारतीय सेनालाई बुद्धको प्रतिमा र एक लाख थान मास्क प्रदान गरेको छ। नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ।

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ।

लद्दाखमा खटिएका सेनाका लागि भारतले अमेरिकाबाट मगायो विशेष कपडा

लद्दाखमा चीनसँगको सीमामा खटिएका सेनाका लागि भारतिय सेनाले अमेरिकाबाट विशेष कपडा मगाएको छ।

भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज आउँदै छन्। नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यहाँ आउन लागेका हुन्।

सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।

सेनाको पृतनापति समन्वयत्मक बैठक कार्तिक पहिलो साता

कोरोना महामारीका कारण स्थगित भएको नेपाली सेनाको पृतनापति समन्वयत्मक बैठक हुने भएको छ। सेनाले कार्तिक २ गतेदेखि ४ गतेसम्म पृतनापति समन्वयत्मक बैठक गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

भारतीय सेनाप्रमुख नरावणे नेपाल आउने

भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो: सेना

नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटो र घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो।

प्रधानसेनापतिको पिसिआर रिपोर्ट नेगेटिभ

भान्सेलाई कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्