२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जातीय राजनीतिको जग

स्थानीय चुनावको हालसम्मको परिणाम गोरखा भुइँचालोले ल्याएको संकटको मौका छोपेर तयार गरिएको १६ बुँदे षडयन्त्रको निरन्तरता हो।

आइसिसी यु–१९ विश्वकप छनोट : ब्याटिङ र रणनीति प्रमुख समस्या

सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोटमा चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग दुई पटक पराजित भएपछि निराश भएर नेपाली युवा टोली घर फर्किएको छ। पछिल्ला केही वर्षयता प्रशासनिक तथा पारदर्शिताको कमजोरीका कारण अधोगतिमा लागेको नेपाली क्रिकेटको मैदानभित्र पनि असफलताको मात्रा बढ्दो छ।

माओवादीमा नीति–नेतृत्व संकट

पार्टीको नीति, नेतृत्व, नाराप्रति जनताको असहमतिका रूपमा निर्वाचन परिणामलाई लिनुपर्छ र माओवादी केन्द्रले निर्मम आत्मसमीक्षा गरेर नैतिक जिम्मेवारी लिने बेला आएको छ।

फोरम नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि, २ नं. प्रदेशको चुनाबी रणनीति तयार पारिने

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबारदेखि राजधानीमा सुरु हुँदैछ। काठमाडौंको सिनामंगलमा आह्वान गरिएको तीन दिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुपसम्म छलफल हुने फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले जानकारी दिइन्।

नयाँ मौद्रिक नीतिको लेखाजोखा

सामान्यतया मौद्रिक नीतिले मुलुकको उत्पादन, रोजगारी, मूल्य स्थिरता र शोधनान्तर स्थिति सम्बोधन गर्ने गर्छ। त्यसैले यस्तो नीति आर्थिक व्यवस्थापनको महत्वपूर्ण औजार पनि मानिन्छ।

वर्तमान राजनीति र बिपी

साँच्चै महामानव बिपी कोइरालाले परिकल्पना गरेअनुसारको देश निर्माण गर्ने हो भने नेपाली कांग्रेसलाई एक्काइसौं शताब्दीको आवश्यकताअनुसार समग्र वस्तुस्थितिको मूल्यांकन गरी विधिविधानअनुसार निर्मम समीक्षा गरी सुधार गर्नुपर्छ।

राजनीतिमा परिवारवाद

प्रचण्ड र गिरिजाको पुत्रीमोह जोडेर हेर्न सकिन्छ। यी दुवैलाई आफूमात्र नभएर आफ्ना सन्ततिलाई उच्च पदमा लैजान मरिहत्ते गर्ने व्यक्तिका रूपमा इतिहासले चित्रित गर्नेछ।

चुनाव विरोधी राजनीतिको औचित्य के?

मधेसकेन्दित राजनीति गर्दै आएका उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक दुवै चुनावमा सक्रियतासाथ लागिपरेका छन्। यस्तो अवस्थामा राजपाको चुनाव बहिष्कार र बिथोल्ने राजनीतिको औचित्य पुष्टि हुँदैन।

'चुनाव सारे राजनीतिक बेइमानी'

मधेसको मुख्य मुद्दा संविधान संशोधन हो, सरकारले सक्छ भने संशोधन गरोस्, नभए चुनाव सारेर समय बर्बाद गर्नुको कुनै औचित्य  छैन। भरतविमल यादव

युगान्डासँग कूटनीतिक सम्बन्ध

नेपालले अफ्रिकी राष्ट्र युगान्डासँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध जोडेका राष्ट्रको संख्या १ सय ४५ पुगेको छ।

राजपाको निषेध राजनीति

राजपाले निर्वाचन बिथोल्ने भनी अहिले जुन नीति लिएको छ, त्यो अविलम्ब सच्याउन आवश्यक छ। लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई निर्वाचनमा भाग नलिने अधिकार रहन्छ तर अरूलाई पनि सहभागी हुन नदिने निषेधको राजनीति भने गर्न पाइँदैन।

राजनीतिक अन्योलले सेयर बजार ओर्लियो

राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको निर्वाचनमा भाग नलिने र चुनाव बिथोल्न आमहडताल घोषणा गरेसँगै सेयर बजार ओरालो लागेको छ। राजनीतिक अन्योल बढ्ने सम्भावना देखेपछि लगानीकर्ता सेयर किन्नभन्दा बेच्नतिर लागे जसले गर्दा आइतबार बजार ओरालो लाग्यो।

राजनीतिकरणले ‘फितलो’ बनेको एउटा हत्या मुद्दा

चुनावी झडपका क्रममा गत बैशाख २६ गते गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको भोलीपल्ट बिहान दोलखाका एमाले सांसद पार्वत गुरुङले पार्टीको जिल्ला कार्यालयमा पार्टी निकट केही कानुन व्यवसायीलाई बोलाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्