चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुने
चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग थप दुई सम्झौता हुन लागेको बताएका छन्।
चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग थप दुई सम्झौता हुन लागेको बताएका छन्।
गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भूकम्प प्रभावित तीन जिल्लाहरुमा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकास गतिविधीहरुमा सहयोगको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
ठूलो संख्यामा कामदार जाने मुलुकसँग नेपालले पटकपटक श्रम सम्झौता गर्न खोजे पनि ती देशका सरकारले मतलबै गर्न छाडेका छन्। श्रम तथा रोजगार मन्त्रालयले खाडी क्षेत्रका विभिन्न देश र मलेसियासँग पटकपटक श्रम सम्झौताको प्रयास गरे पनि अहिलेसम्म मलेसिया सरकारबाहेक अन्य देशका सरकारले नेपालको प्रस्तावलाई बेवास्ता गरिरहेको पाइएको छ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाबीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौता नभएको बताएका छन्।
श्रम स्वीकृति लिएर जाने कामदारको संख्या करिब १० लाख पुगेपछि नेपालले मलेसियासँग श्रम सम्झौताको प्रक्रिया बल्ल सुरु गरेको छ। ६ लाख नेपाली पुगिसकेको साउदी अरबसँगको अवस्था पनि उस्तै हो।
भूकम्प प्रभावितहरुको घर निर्माणको लागि जिल्लामा पहिलो किस्ता रकम सम्झौता सुरु भएको छ । भूकम्पबाट घर क्षति भएकाहरुले पाउने पहिलो किस्ताको ५० हजार रुपैयाँको सम्झौता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल बिक्रीमा नेपाल सरकारले पाउने पुँजिगत लाभकर जसरी पनि उठाउने बताए। आइतबार सार्वजनिक लेखा समितिमा बोल्दै प्रधानमन्त्रीले एनसेल खरिद विक्रिबाट लाभकर उठाउन अप्ठारो नभएको बताएका हुन्।
किसानले बालीनाली सपार्ने पोषकको रुपमा खेतमा हाल्ने ३० हजार मेटि्रक टन (एक लाख ५० हजार बोरा) युरिया मलले यसपालि उनीहरुले सोचेजति परिणाम नदिन सक्छ। कृषि सामग्री कम्पनीको सञ्चालक समितिले चैत १० मा गरेको निर्णय अनुसार जिटुजी प्रक्रियाबाट खरिद गरिएको मल सम्झौताभन्दा फरक र कमसल पैठारी गरिएको फेला परेको छ।
नेपाल वायुसेवा निगमले दुई थान ठूला (वाइड बडी) जहाज किन्न 'ग्लोबल टेन्डर' जितेको अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेको छ। शुक्रबार काठमाडौंमा अमेरिकी कम्पनीसँग वाइड बडी किन्न निगमले सम्झौता गरेको हो।
नेपाल पर्यटन बोर्डले विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिबिसी, रोयटर्स र ट्रिप एडभाइजरसँग सोमबार सम्झौता गरेको छ। सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, बिबिसीका विशाल भट्टनागर, ट्रिप एडभाइजरका भरतनाथ पाल र रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन वादरीले हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउनुभएको छ ।
हाभूकम्प गएको २३ महिनापछि खोटाङमा निजी आवास अनुदान सम्झौता सम्बन्धीका काम अघि बढेको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास अनुदान सम्झौताका लागि पूर्व तयारी स्वरुप दिक्तेलमा अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री तथा चीन विज्ञसँग परामर्श गरेका छन्। उनले अाफ्नो भ्रमण सद्भावना भ्रमण मात्र भएको बताए।
परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अवसरमा कुनै सम्झौता नहुने बताएका छन्। सरकारले चीनसँग चार विषयमा सम्झौताको तयारी गरे पनि चिनियाँ पक्षकै कारण प्रधानमन्त्रीको यो भ्रमणमा हस्ताक्षर नहुने उनले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। चीन भ्रमणका अवसरमा उनले राष्ट्रपति सीसँग १२ मिनेट बैठक गर्ने निश्चित भएको छ।