९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

पुनःनिर्माणको पहिलो किस्ता सम्झौता

पाल्पाको सहलकोट, सुकेकोटमा भूकम्पबाट भत्केको घर देखाउँदै एक वृद्ध ।

पाल्पा – भूकम्प प्रभावितहरुको घर निर्माणको लागि जिल्लामा पहिलो किस्ता रकम सम्झौता सुरु भएको छ । भूकम्पबाट घर क्षति भएकाहरुले पाउने पहिलो किस्ताको ५० हजार रुपैयाँको सम्झौता भएको हो ।

 राष्ट्रिय पुनःर्निमाण प्राधिकरणले जिल्ला समन्वय समिति मार्फत् जिल्लाको बगनाशकाली गाउँपालिकाबाट सम्झौता सुरु गरेको हो । बगनाशकाली गाउँपालिका चिर्तुङ्गधाराकी भगवती सोमैलाई अनुदान सम्झौताको प्रथम किस्ता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले भूकम्प प्रभावितहरुले आफूलाई पायक पर्ने बैंकहरूबाट रकम पाउने व्यवस्था गरिएको बताए । उनी भन्छन्, ‘सरकारले दिने अनुदानका लागि बैंकमा खाता खोल्नुपर्छ । उक्त खातामा सम्झौता भएसँगै रकम जम्मा हुनेछ ।’ 

विनाशकारी भूकम्पबाट जिल्लाका झण्डै २० हजार घरपरिवार प्रभावित भएका थिए । जसमध्ये १० हजार ४ सय ९५ पूर्ण प्रभावित रहेको भन्दै जिल्ला तथ्याङ्क कार्यालयले राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा सिफारिस गरेको थियो । तथ्याङ्क कार्यालयले गरेको सिफारिसका आधारमा पहिलो चरणमा जिल्लाका तीन हजार चार सय ३१ घर निर्माणका लागि सम्झौता सुरु गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । भूकम्प पीडितहरूलाई निजी आवास पुनःर्निमाणको लागि सरकारले दिने अनुदान रकम सम्झौता निरन्तर रुपमा अगाडि बढ्ने समितिले जनाएको छ । 
 

 

प्रकाशित: ३१ चैत्र २०७३ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App