१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखराबाट चार गन्तव्यका हवाई उडान रोकिए

पोहोर फागुन तेश्रो साता गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाइमार्गले जोड्ने गरी पोखरा–धनगढी रुटमा सिधा हवाई सेवा सुरु भयो।

प्रादेशिक हवाई उडानः तामझाम बढी, निरन्तरतामा पहल कम

पोखरा र पर्यटन क्षेत्रले निकै नै आशा गरेर पोखरादेखि विभिन्न सहरसम्म सिधा हवाई उडान थालनी गरिएपनि त्यसले निरन्तरता पाएन। पोखराले सिधै हवाई सञ्जाल बिस्तार गर्न चाहेको ती सहर भारतीय नाकासँग निकट छन्। ती नाकाबाट भारतीय पर्यटक पोखरा भिœयाउन सकिने अपेक्षा पोखराका पर्यटन व्यवसायीको थियो। तर, पोखराबाट धनगढी, सिमरा, भद्रपुर र जनकपुरसम्मको उडान सुरु भएको केहीदिनमै रोकिएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बढ्दैछन् उडान र यात्रु संख्या

पछिल्लो समय पोखराको हवाई उडानले दिनहुँ आकार बढाईरहेको छ। पोखराको हवाई यातायात लयमा फर्किन थालेको उडान तथ्यांकले देखाउँछ। आइतबार मात्र पोखराका लागि विभिन्न हवाई कम्पनिका २६ वटा उडान भएका थिए। आइतबारको हवाई यात्रु संख्या पनि दुर्घटनापछिको सबैभन्दा ठुलो आकारको थियो। आइबार पोखराबाट बाहिरिने यात्रुको संख्या १५ सय ३४ र पोखरा ओर्लिनेको संख्या १२ सय १० थियो। एकैदिनमा झन्डै साढे २७ सय यात्रु आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउजाउ गरेको विमानस्थलले बताएको छ।

पोखरालाई हब बनाउँदै चारवटा सहरबाट रात्रि उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘हब’ बनाउँदै विभिन्न चारवटा आन्तरिक विमानस्थलबाट पोखरासम्म रात्रिकालीन हवाई उडान सुरु भएको छ। निजी क्षेत्रको हवाई सेवा कम्पनि बुद्ध एयरले विहीबार बेलुकीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि रात्रिकालीन उडान सुरु गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: बिहीबार देखी चार सहरबाट पोखरामा रात्रिकालीन उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार देखि रात्रिकालीन उडान सुरु हुने भएको छ। रात्रिकालीन उडानका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सेड्यूल पास गराएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ। यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिनका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः विहीबारदेखि रात्रीकालीन उडानका लागि बाटो खुल्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विहीबारदेखि रात्रीकालीन उडानका लागि तयार हुँदैछ। हालसम्म दिउँसोको समयमा मात्र उडान भईरहेकोमा अब रात्रीकालीन उडान गर्नका लागि बाटो खुल्नेछ। हवाई कम्पनिले पनि रात्रीकालीन उडानका लागि आवश्यक तयारी थालेका छन्।

मौसम सफा भएपछि हवाई उडान सञ्चालन

प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो।

अवतरण गर्नै लाग्दा सेतीखोंचमा खस्यो जहाज: आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठुलो दुर्घटना

लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा आइतबार बिहान त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटना भयो।

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारले निर्देशन दिएको छ।

प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन

झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि अझै सुचारु भएको छैन।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरादेखि भारतको वनारससम्म हुने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो। यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्