१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आइतबार चार्टर्ड उडान मात्रै

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ।

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो।

प्याराग्लाइडिङः यूरोपदेखि पाइलट आए, तर उड्न पाएनन्

‘पोखराको आकाशमा सोलो उडान गर्नकै लागि भनेर १०–१२ जना विदेशी पाइलट आइसकेका छन्। तर, उनीहरु उड्न पाएका छैनन,’ नेपालकै पहिलो प्याराग्ग्लाइडिङ पाइलट राजेश बमजन भन्छन्, ‘उड्नै भनेर यूरोपदेखि आएका उनीहरु पर्खेर बसेका छन्। तर, प्राधिकरणले अनुमति दिएको छैन। ती पाइलट निराश छन्। कतिपयको पाइसकेको उडान अनुमति पनि रद्द भएको।’

झरिका कारण पोखराबाट हुने एकसय उडान प्रभावित

लगातारको झरिले चारदिनदेखि पोखराको हवाई सेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराटबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरिका कारण चारदिनदेखि प्रभावित बनेको हो। झरिले गर्दा यो अवधिमा ठुला जहाजको कम्तिमा एकसय (एकतर्फी) उडान हुन सकेनन्।

हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन्।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।

काठमाडौँ–पोखरा उडानमा देखिने लोभलाग्दा दृष्य (फोटोफिचर)

२५ मिनेटको काठमाडौँ–पोखरा उडानका क्रममा मौसम सफा हुँदा उत्तरतिर हिमाली श्रृंखला लहरै देख्न सकिन्छ। याे र बेला वर्षायाम हो। अहिले हिमाली श्रृंखला उत्तिसारो देख्न पाइँदैन। प्रायजसो समय बादलले छेकेको हुन्छ।

प्याराग्लाइडिङः बिस्थापितको त्रासमा पदकधारी खेल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको आकाशमा झन्डै अढाईदशकदेखि भईरहेको प्याराग्लाइडिङको व्यवसायिक उडान अनिश्चित भईरहँदा खेलकुदको क्षेत्रमा भने यही प्याराग्लाइडिङले दिलाएको पहिचान भिन्दै छ। त्यसैले केहीगरि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान बिस्थापित भएमा त्यसले पर्यटनमा मात्र नभई खेल क्षेत्रमा कमाएको ख्यातीमा पनि प्रभाव पार्ने चिन्ता खेलकर्मीको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान आन्तरिक की अन्तर्राष्ट्रिय?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारी नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) को छ। विमानस्थल संचालनमा आउने दिन नजिकिँदै जाँदा एउटा बहस भने पोखरेलीबीच सुरु भएको छ। त्यो बहसको विषय हो–पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सुरुवात आन्तरिकबाट थाल्ने वा अन्तर्राष्ट्रिय उडानबाट?

‘प्रतिभावान् खेलाडी उत्पादनमा सक्रिय हुन्छु’

‘मेरो गुरुको शिक्षाले नै गर्दा मैले धेरै पाएँ। म पनि देशका लागि खेलाडी उत्पादन सदैव खेट्नेछु। मैले विदेशमा सिकेका ज्ञान प्रतिभावान् खेलाडी उत्पादनमा लगाउने मेरो लक्ष्य छ,’ कुङ्फु खेलाडी कमल मगर भने।

थाई स्माइलको काठमाडौं–बैङ्कक उडान सुरु

सम्पूर्ण वायु सेवासहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाईउडान सेवा सुरु गरेको छ।

पोखरा–काठमाडौं पहिलो उडान बिहान सवा ६ बजे नै

हवाई क्षेत्रको नियमानकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौंको आन्तरिक पार्किङमा जहाज राख्ने ठाउँ अभाव भएको कारण देखाउँदै मोफसलका विमानस्थलमा ‘नाइट स्टप’ गर्न निर्देशन दिएपछि बुद्ध र गुण एयरलाइन्सले पोखरामै जहाजको रात्रीकालिन विश्राम गराउन थालेका छन। पार्किङ गरिएका जहाजबाट बिहान सवा ६ बजे नै पोखराबाट काठमाडौंका लागि उडान हुन थालेको छ।

आन्तरिक उडान नियमितरुपमा सञ्चालन गर्न सहमत

आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन्। आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो।

१७ दिनपछि पोखरा–जोमसोम उडान

अघिल्लो महिना भएको तारा एयरको जहाज दुर्घटनापछि रोकिएको पोखरा–जोमसोम हवाई उडान मंगलबारदेखि सुचारु भएको छ। समिट एयरले मंगलबार यो रुटमा चारवटा उडान गरेको छ। ताराको दुर्घटनापछि मौसममा खराबी आएको भन्दै पोखरा–जोमसोम रुटका सबैजसो उडान रोकिँदै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्