धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान
वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।
वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।
यो वर्ष वसन्त ऋतुमा घुम्नैपर्ने संसारका उत्कृष्ट १२ पर्यटन गन्तव्यको सूचीमा नेपाल परेको छ। अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटी (नेटजिओ) को अनलाइन संस्करणले तयार पारेको 'बेस्ट स्पि्रङ टि्रप्स २०१७' को सूचीमा नेपालको पोखरा परेको हो।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आयोजना गर्न लागेको फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ का लागि उत्कृष्ट फोटो पत्रकार अवार्डको प्रायोजन मेगा बैंकले गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा बुधबार एनफपिजेका अध्यक्ष ध्रुव आले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले हस्ताक्षर गरेका छन्।
काठमाडौं– नेपाल वायु सेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । ग्राउन्ड ह्यान्डलिङ सर्भिसमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए)ले आइएटिए सेफ्टी अडिटर्स फर ग्राउन्ड अपरेसन (इसागो) प्रमाणपत्र दिने निर्णय गरेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
अमेरिकाको ट्राभल एन्ड लिजर पत्रिकाले नेपालको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ। पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण '२०१७ इट लिस्ट'मा मेघौली सराइलाई समावेश गरेको हो।
विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट 'टि्रप एडभाइजर'ले नेपालका उत्कृष्ट १० होटल घोषणा गरेको छ। सन् २०१७ का लागि 'ट्राभलर्स च्वाइस' घोषणा गर्दा पोखरा, काठमाडांै र नगरकोटका होटल उत्कृष्ट १० भित्र परेका छन्।
छिमेकी भारतले विभिन्न खोट देखाउँदै आयात नै रोकेको नेपाली अदुवा र अलैंचीलाई विदेशी अनुसन्धाताले भने ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन् । नेपालका निर्यातजन्य प्रमुख दुई कृषि उत्पादन अदुवा र अलैंची गुणस्तरीय रहेकै कारण विभिन्न पाँच मुलुकका अनुसन्धाताले लामो समय लगाएर अध्ययन समेत गरेका छन् ।
माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव र दुई बालकको मित्रतामा आधारित फिल्म कालोपोथीले धरानमा आइतबार सम्पन्न पहिलो अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(आइफोन)मा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।
५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै जयराम श्रेष्ठ सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शीर्ष स्थानमा पुगे। रोयल नेपाल गल्फ क्लबमा बुधबार ३६ होल समाप्तीमा जयरामले ७ अन्डर १ सय २९ स्कोर गरे। जयरामले प्रतियोगिताको पहिलो दिन २ अन्डर ६६ स्कोर गरे। ६ अन्डर १ सय २० स्कोर गरेका सञ्जय लामा प्रतियोगिताको दोस्रो स्थानमा छन्।
'पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ। राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,' दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए।
‘पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,’ दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए ।
पुस ९ दुबईमा सम्पन्न नेफ्टा अवार्डको नवौँ संस्करणमा दयाहाङ राई र नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए।
जलवायु अनुकुलनका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा संस्थाले २ करोड रुपैयाँको पुरस्कार पाएका छन्। बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकुलनमा योगदान पु¥याउने उत्कृष्ट १५ वटा संस्थालाई एक लाख ५० हजार पाउण्ड नगद पुरस्कारबाट सम्मानित गरेको हो ।
पूर्व कमलरी उर्मिला चौधरीको कमलरी प्रथा मुक्क्तिमा आधारित ‘उर्मिलाः माई मेमोरी माई पावर’ले अन्तर्राष्ट्र्रिय उत्कृष्ट फिल्म घोषित हुँदै १५ सय डलर जित्न सफल भएको छ। चार दिनदेखि चलिरहेको काठमाडौं अन्तर्राष्ट्र्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार विभिन्न उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।
यस वर्ष आयोजित अधिकांश अवार्डमा वर्चस्व जमाउँदै आएको 'पशुपतिप्रसाद'ले शनिबार आयोजना भएको कामना अवार्डस्मा पनि वर्चस्व जमाएको छ। फिल्मबाट दीपेन्द्र के खनालले कथा र निर्देशनमा व्यक्तिगत २ अवार्ड जित्दा उत्कृष्ट फिल्म पनि 'पशुपतिप्रसाद' पोल्टामा पर्यो।